Comments Add Comment

महानगरलाई पनि सवारी कर तिर्नैपर्ने, कुन सवारीको कर कति ?(सूचीसहित)

१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षबाट सवारी कर संकलनमा कडाइ गर्ने भएको छ ।
महानगरको पहिलो नगरसभाले शनिबार पारित गरेको आगामी वर्षको बजेटमा महानगरपालिकाले सवारी करवापत उठ्न नसकेको राजस्व उठाउन तीव्रता दिने बताएको छ ।

यसअघि पनि सवारीकरको ब्यवस्था भएपनि प्रभावकारी रुपमा यस्तो कर उठाउन महानगरले सकिएको थिएन । अब भने अनिवार्य रुपमा सवारीधनिलाई यस्तो कर तिराउने रणनीति महानगरपालिकाले लिने भएको छ ।

महानगरपालिकाले ल्याएको आर्थिक ऐन-२०७४मा पनि सवारी करको दर स्पष्ट रुपमा तोकिएको छ । जसअनुसार इन्जिनबाट चल्ने जुन कुनै दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटर वा यस्तै सवारी साधनले वाषिर्क चार सय रुपैयाँ कर तिर्नुपर्नेछ ।

कार, जीप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वाषिर्क १ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । टेम्पो र ट्याक्टर वा यस्तै सवारी साधनको वाषिर्क १ हजार करको दर तोकिएको छ ।

मिनि बस, मिनि ट्रक वा यस्तै चार पांग्रे सवारी साधनको वाषिर्क २ हजार, ठूला बस, ट्रक वा चार पांग्रे सवारी साधनको वाषिर्क ३ हजार र हेभी गाडी, डोजर क्रेन वा यस्तै सवारी साधनको वाषिर्क ४ हजार रुपैयाँ कर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment