Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः सडकमा सरकारी धराप

२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहलाई विनियोजन गरेको बजेटमध्ये ७५ अर्ब रुपैयाँ सम्बन्धित तहमा पुगेको छ । आइतबार महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थानीय तहको सञ्चित कोषमा रकम हस्तान्तरण गर्न निर्देशन दिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली संसद्बाट सर्वसम्मत रुपमा अनुमोदित भएको छापेका छन् । राजमार्ग, विशेष गरेर राजधानीका  सडकको दूरावस्थालाई आज पनि पत्रपत्रिकाहरुले उठाएका छन् ।

गोरखापत्र दैनिकले आज प्रधानन्यायाधीशमा गोपालप्रसाद पराजुलीको नाम अनुमोदन भएको, सडकका खाल्डा पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको खबरलाई प्राथमिकता दिएर छापेको छ ।

नयाँ पत्रिका दैनिकले पनि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली संसदबाट सर्वसम्मत रुपमा अनुमोदित भएको विषयलाई नै मुख्य खबर बनाएको छ । स्थानीय तहमा ७५ अर्ब बजेट पुगेको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

राजधानीका सडकका भ्वाङ र नारायणगढ–मुग्लिन सडक खण्डको चिरफार अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा गरेको छ ।

नागरिक दैनिकले नेपाल आयल निगममा ६७ करोड घोटाला भएको लेखेको छ भने कान्तिपुरले रामेछापमा बाढीले पुर्याएको क्षतिबारे छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment