Comments Add Comment

कामनपाले तोक्यो कर, अब व्यवसाय गर्न महँगो पर्ने

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र व्यवसाय गर्न साउनदेखि महँगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ का लागि करका दरहरु सार्वजनिक गर्दै सबैखाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ । महानगरले सार्वजनिक गरेका दररेट अनुसार हलुवाई पसल, धागो, साइकल वर्कशप, तरकारी पसल, फलफूल व्यवसाय गर्न वार्षिक ५ सय रुपैयाँ कर तिर्नुपर्नेछ ।

महानगरले काठमाडौंमा हुने सबै प्रकारका व्यवसायमा कर लगाउँदै पत्रिका पसल र डोरीलाई वर्षको १ हजार तथा पान पसलबाट १५ सय रुपैयाँ कर निर्धारण गरेको छ । तर, डिपार्टमेन्टल स्टोर, कम्प्लेक्स सेन्टर र बिजनेस मार्टलाई सबैभन्दा बढी एक लाख रुपैयाँ कर लाग्ने भएको आजको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment