Comments Add Comment

यसरी ब्रत बस्नु बढी लाभदायक

साउन महिनाभर ब्रत बस्ने चलन छ । अझ साउनको सोमबार त ब्रतालुका निम्ति विशेष दिन । यस दिन भगवान शिवको पूजाआजा गरी ब्रत बस्ने चलन छ ।

त्यसो त ब्रत बस्नुको धेरै फाइदा छ, धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले । बेला-बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । आहार विशेषज्ञका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ । यद्यपी अक्सर व्रतका क्रममा खाद्य पदार्थको उचित चयन वा उपयोग भएको हुदैन ।

– व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ ।

– धेरै परिश्रम हुने काम नगरौं ।

– व्रतको दिन मध्यन्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्नुपर्छ ।

– विश्राम गरौं र कागती एवं मह मिश्रति पानी सेवन गरौं ।

– व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ ।

– मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।

आहार तालिका

समय                                       भोज्य पदार्थ
विहान ७-८              १ गिलास पानी, एक चम्चा मह र कागतीको रस
९-१०                         १ कप चिया, दुध ।
मध्यान्ह १२-  १         सलाद, दही -१५० ग्राम), एउटा स्याउ, आधा चुकन्दर, एउटा गाजर,
४                             चिया वा दुध एक गिलास
साँझ ७- ८            १ गिलास फलको रस
९                            २ सय ग्राम मेवा, १ आलु, १ कचौरा लौका
९ः३०                   आधा गिलास दुध, आटाको पराठा र दही

ब्रतको विज्ञानः कसरी, किन र कसले बस्ने ?

ब्रतले शरीरको पाचन प्रक्रियामा  आरम मिल्छ । साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने ) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ ।

यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ । अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ ।

ध्यान दिनुपर्ने कुरा

व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ । प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ ।

खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस् ।

केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस् । अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ । त्यसैले आˆनो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ ।

त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन ।

ब्रतमा के खाने के नखाने ?

विहानको समयमा तपाई दूधको साथमा कुनै पनि फलफुलको सेवन गर्न सक्नुहुन्छ । त्यसबाहेक दूधको साथमा भिजाएको बदाम खानसक्नुहुन्छ ।

दिउँसोको समयमा सावुदाना, सेवाईको प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै, आलुको परिकार, रोटी तथा पुरी समेत खान सक्नुहुन्छ ।

त्यस्तै, साँझको समयमा ग्रीन टी, तथा मेवालाई तपाई आˆनो खानामा संलग्न गर्न सक्नुहुन्छ । त्यसबाहेक, चियासित मखाना, काजु पनि सेवन गर्नु सक्नुहुन्छ । यसले तपाईको शरीरमा तागत प्रदान गर्दछ ।

कस्तो सावधानी अपनाउने ?

व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ । यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ । त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गरौ ।

त्यस्तै, मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ ।

त्यस्तै, व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौ । बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ ।

यी रोग भएकाहरुले ब्रत नबसौ

· मधुमेह तथा उच्च रक्तचाप /हाइपरटेण्सन भएका व्यक्तिले

· भर्खर अपरेशन गरेकाहरुले

· रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

· मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

· गर्भवती महिला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment