Comments Add Comment

कट्रिनाको टिप्पणीः सलमान शान्त, गम्भीर र विवेकशील छन्

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी सलमान खानको बारेमा घतलाग्दो टिप्पणी गरेकी छिन् । यो टिप्पणीबाट उनी सलमानप्रति निकै सकारात्मक बनेको प्रतित हुन्छ ।

ब्रेकअप भएको लामो समयसम्म कट्रिनाले सलमानसँग दुरी बनाएकी थिइन् । यस दौरान सलमानले थुप्रैपटक उनलाई घोचपेच पनि गरे । आफ्नी बहिनी अर्पिताको बिहेमा उनले कट्रिनाले मिसेज खान बन्ने मौका गुमाएको बताएका थिए ।

अहिले उनीहरुको सम्वन्ध सुधि्रएको छ । टाइगर जिन्दा है फिल्ममा उनीहरुले एकसाथ काम गरेका छन् । यहीबीचमा सलमानले कट्रिनाको मन जित्न निकै प्रयास गरे । र, उनी केही हदसम्म सफल भएको छनक मिलेको छ ।

हालै सलमानको विषयमा कट्रिनाले निकै सकारात्मक कमेन्ट गरिन् । उनले भनिन्, ‘सलमान पहिलेभन्दा निकै शान्त भएका छन् । उमेर बढेसँगै उनी आफ्नो काममा बढि फोकस गरिरहेका छन् ।’

कट्रिनाले अगाडि थपिन्, ‘सलमान शान्त, गम्भीर र विवेकशील छन् । उनले जिन्दगीका हरेक पहलु र बदलावलाई स्वीकार गरेका छन् । म सलमानसँग कुनै पनि विषयमा सहजतापूर्वक कुरा गर्न सक्छु । उनी पनि मसँग जे कुरा पनि गर्छन् । हामी नभनेरै पनि एक अर्काको भावना बुझ्छौं ।’

कट्रिनाले यतिधेरै सलमानको प्रसंसा गर्नुको केही रहस्य अवश्य होला । रणवीरसँग ब्रेकअपपछि उनी सिंगल पनि त छिन् । कतै यो जोडी पुरानो समिकरण दोहोर्‍याउने मोडमा त आइपुगेको छैन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment