शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

फिल्मको सेटमा शाहरुख र गौरीले मनाएका थिए सुहागरात !

अनलाइनखबर

शाहरुख खानले बलिउडमा २५ वर्ष बिताइसकेका छन् । उनको गौरी खानसँग बिहे भएको पनि यति नै अवधि बितेको छ ।

हालै एक अन्तरवार्तामा शाहरुख खानले आफ्नो बिहे र पत्नी गौरीको विषयमा केही रोचक कुराहरु बताए । शाहरुखका अनुसार उनीहरुको सुहागरात फिल्मको सेटमा बितेको थियो ।

उनले भने, ‘जुन दिन हाम्रो बिहे थियो, त्यसै दिन म मुम्बईमा सरेको थिएँ । हामीले बिहेको रात फिल्मको सेटमा बितायौं । तर, यसमा गौरीले कुनै गुनासो गरिनन् ।’

सुरुका दुई-तीन वर्ष आफूहरुले एक अर्कालाई बुझ्न खर्च गरेको शाहरुखले बताए । अन्तरवार्तामा उनले आफ्ना बच्चाहरुको विषयमा पनि चर्चा गरे ।

उनले भने, ‘मेरा तीन बच्चा छन् र उनीहरु सबैको अलग-अलग कथा छ । यसै कारणले तीनै जना विशेष छन् ।’

‘आर्यन जन्मिनुभन्दा अगाडि गौरीको केही मिसक्यारेज भएका थिए । उ जन्मिएपछि केही दिनहरु मुस्किलले भरिएका थिए ।’

‘सुहानाको जन्म हाम्रोलागि विशेष थियो । हामी दुवै पहिलो बच्चाको रुपमा छोरी चाहन्थ्यौं । तर, उनी र्दुइ नम्बरमा आइन् ।’

‘गौरी चाहन्थिन् कि बच्चाहरु म जस्ता देखिउन् । त्यसैले हरेक डेलिभरीपछि उनी सोध्थिन् के बच्चाको अनुहार तिमीसँग मिल्छ ?’

‘धेरै वर्षपछि हामीलाई महसुस भयो कि तेस्रो बच्चा पनि चाहिन्छ । त्यसैले हामीले अबरामको प्लानिङ गर्‍यौं ।’

शाहरुखका अनुसार दिलवाले दुल्हनिया ले जाएंगे उनको जीवनको यादगार फिल्म हो ।

यसको कारण खोल्दै उनले भने, ‘जुन दिन हामीले दिलवाले दुल्हनिया हेर्‍यौं, त्यो गौरीको जन्मदिन थियो । हामीले घरमा एउटा पार्टी आयोजना गर्‍यौं । त्यतिबेला हामी घरमा पूर्णरुपमा सिफ्ट भइसकेका थिएनौं । घरमा विजुली जोडिएकै थिएन । त्यसैले करण जौहर र आदित्य चोपडाले मैनवत्तिहरु सल्काएका थिए ।

२०७४ साउन २ गते १०:४३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this