Comments Add Comment

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा नियम नै हो । यो हात्ती साँच्चीकै धर्मकर्म मान्ने बाहुन जस्तै छ । यसले हरेक दिन नुहाएर मात्र खाना खान्छ ।

यो धर्मात्मा हात्तीको नाम हो, समुद्र । यसको उमेर केवल ९ वर्षको मात्र छ । अमेरिकाको ओरेगन चिडियाखानामा सन् २००८ मा यो हात्ती जन्मिएको हो ।

समुद्र नामको यो हात्ती आफ्नो नाम झैं चन्चल तथा पानीमा खेल्न सौखिन छ । चिडियाखानाका अधिकारीहरुले सोसल मिडियामा हालै समुद्रको एउटा भिडियो अपलोड गरेका छन् । जसमा ऊ पानीमा आहाल खेलिरहेको छ ।

समुद्रको सबैभन्दा खास विशेषता यो छ कि ऊ केवल नुहाउनको सौखिन मात्र होइन, उसले ननुहाईकन केही पनि खाँदैन ।

सोसल मिडियामा अपलोड भएको यो धर्मात्मा हात्तीको भिडियो खुबै लोकप्रिय बनेको छ ।


एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment