Comments Add Comment

कोलोराडोमा नेपालीहरुको समर पिकनिक (तस्वीरसहित)

१६ जुलाई, कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुवीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिकसंगै विभिन्न कार्यक्रम गरिएको छ ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरिकाका लागि नेपालका राजदुत डा.अर्जुन कार्कीको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, उपाध्यक्ष रामसी पोख्रेल लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा निवन्ध लेखन प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई नगदसहित प्रशंसापत्र वितरण गरिएको थियो ।

माध्यामिक स्कूलमा अध्ययनरत छात्रछात्रावीच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमश १५०, १०० र ५० डलर नगद प्रदान गरिएको थियो ।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न ७ किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाईसाईकल, रेस बास्केट बल लगायतका रहेका थिए ।

कार्यक्रममा खेलकुदका बिजयी भएकाहरुलाई प्रमुख अतिथि राजदुत डा. कार्की, बिशेष अतिथि मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रिपाठीले संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

वालवालिका, बृद्धबृद्धा, युवकयुवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरुको उपस्थिति उलेख्य रहेको थियो ।

ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी वालवालिका र महिलाहरुलाई म्यूजिकल चियर खेल खेलाइएको थियो ।

सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरु नेपाली गीत र नाचका साथ मनोरञ्जन गरेका थिए ।

अध्यक्ष बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment