मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

कारवाही गर्नुपर्ने डीएसपीलाई एसपी बनाउन हेडक्वार्टरको सिफारिस

डिएसपी सञ्जीव शर्माले अभियुक्त भगाएकै कारण डिल्लीमायाको सर्वश्व सकियो

मात्रिका पाैडेल

२ साउन, काठमाडौं । नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ । यो सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम छ, जसलाई सुन्तली प्रकरणमा बिभागीय कारवाहीका लागि यसै साता मात्र सिफारिस गरिएको थियो ।

साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि शर्मालाई त्यतिबेलै हेडक्वार्टर तानिएको थियो । यो प्रकरणबारे अनलाइनखबरले नियमित फलोअप गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले पनि शर्मालाई कारवाही गर्न निर्देशन दिएको थियो ।

यसरी भयो कारवाही सिफारिस

हालै मात्र रामेछापका डीएसपी कुमोद ढुंगेलको सक्रियतामा सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई प्रहरीले भारतको अण्डमान एण्ड निकोबार टापुबाट पक्राउ गरेर ल्याएको थियो । राउतलाई भगाउने डीएसपी सञ्जीव शर्मा दासमाथि कारवाहीको माग गर्दै सुन्तलीकी आमा डिल्लीमायाले डीआइजी गणेश केसीसमक्ष त्यसबेला आफूमाथि डीएसपी शर्माले गरेको दुर्व्यवहार सुनाएकी थिइन् ।

प्रहरीले अध्ययनपछि शर्मासहित १२ जना प्रहरीलाई बिभागीय कारवाहीको सिफारिस गरेको स्रोतले जनाएको छ । डीआइजी केसीले भने सुन्तली तामाङको हत्या तथा बलात्कार प्रकरणमा संलग्न दोषी पक्राउ गरी उचित समयमा अनुसन्धान अघि नबढाइएको सन्दर्भमा छानविन गरिएको बताएका छन् ।

उनले ७ जना प्रहरीलाई आफूले स्पष्टीकरण लिएर कारवाही अघि बढाएको समेत बताए ।

डीएसपी शर्मासहित अधिकृत तहका कर्मचारीमाथि भने डीआइजीले कारवाही गर्न नपाउने भएकाले हेडक्वार्टरमा कारवाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ । तर, कारवाही सिफारिस भए लगत्तै हेडक्वार्टरले भने शर्मालाई एसपी बढुवामा सिफारिस गरेर पुरस्कृत गरेको छ ।

के हुन्छ बिभागीय कारवाही ?

प्रहरी नियमावली र ऐन कानुन अनुसार बिभागीय कारवाही भन्नाले चेतावनीदेखि जागिरबाट बर्खास्त गर्नेसम्मको कारवाही हुन सक्छ । त्यसका लागि सबैभन्दा पहिले कारवाही सिफारिस भएका अधिकृतलाई स्पष्टीकरण लिनुपर्छ ।

स्पष्टीकरण लिएर कारवाही थाल्नुपर्ने अधिकारीले नै बढुवा सिफारिस गरेपछि नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ । बिभागीय कारवाही भन्नेले नसिहत, कडा चेतावनी, विदेशी मिसनमा जान रोक, प्रमोसन रोक्का, तलब बृद्धि रोक्का, एक तह घटुवादेखि नोकरीबाट बर्खास्तीसम्म हुन सक्छ ।

को परे कारवाहीमा ?

सुन्तली प्रकरणमा कमजोरी गरेको भन्दै मध्यक्षेत्र प्रहरी कार्यालयले तत्कालिन रामेछापका डीएसपी सञ्जिब शर्मा दास, प्रहरी निरीक्षक सन्तोष कुमार पोखरेल, प्रहरी नायव निरीक्षक नरबहादुर श्रेष्ठ, प्रहरी हल्वदर शान्ताकुमारी खड्कालाई विभागय कारवाही गर्न सिफारिस गरेको छ । सो सिफारिसपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएकै बेला बढुवाका लागि सिफारिस भएको हो ।

डीआइजी केसीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त सार्वजनिक गरेको भोलीपल्टै अञ्चल प्रहरी कार्यालय जनपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास चौधरीलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

तत्कालिन रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याएर पनि छोड्दा अभियुक्त पक्राउ गर्नको लागि प्रहरीलाई पाँच वर्ष लागेको थियो ।

त्यतिबेला शर्मालाई विभागीय कारवाही गर्नुको सट्टा महानगरीय प्रहरी वालाजु वृत्तको प्रमुख बनाइएको थियो । उनी हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत छन् ।

यसबीचमा सुन्तलीका आमा डिल्लीमायाले भने डीएसपी शर्माले अभियुक्त भगाएर आफूहरुलाई न्याय नदिएकै कारण न्याय खोज्ने क्रममा सबै सम्पत्ति सकिएको बताएकी छन् ।

को-को परे बढुवाको सिफारिसमा ?

यी पनि पढ्नुस्

ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !

सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए

डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)

 

२०७४ साउन २ गते १८:२१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१२ प्रतिकृयाहरू प्राप्त
  • raj लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ११:४०

    thukka mula haur

    11
    0
    Share

  • Ramesh Lama लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ११:५७

    Home minister Jui, Jawaf chahiyo Yasko

    56
    0
    Share

  • Roshan gurung लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १२:१४

    Thanks online for bringing up these news, the GUILTY should be punish for his bad deeds. One day he will get his punishment.

    17
    0
    Share

  • sujan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १३:०४

    यस्तो समाचार सुन्दा बिचरी डिल्लीमायाको मन कति रुदो हो,दोषी ठहर्‍याएको व्यक्तिलाई कारबाही गर्न किन खुट्टा कमाउछ यो सरकार? बढुवा होइन निलम्बन गर्नुपर्ने हो।

    21
    0
    Share

  • Amu लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १३:३६

    Yo desh ma aba thulo badha ko lagi kanun ko shahasan rahena kanun bhanne chij garib nimukha lai matrai lagne bhayo.desh ko rajnitik neta dekhi liyera desh ko karmachari ra prahari sangathan sampurna bhrasta chor. Janata lutera khana palkeka saala khate haru.. signha darbar agadi bum patkaune bela pani dhilo bhaisakyo.. dhila nagari esta bhrasta haru ko aakha kholidina sakinchha ki bum le.

    8
    0
    Share

  • jayandra shrestha लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १४:०२

    अब ईमान्दारिका दिन गये जस्ले अपराध गुन्दागिरि ठगि चोर फताहाका दिन बलिया हुने छन ।

    9
    1
    Share

  • Bisham kumar(Danuwar) लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २३:१८

    Ghreha mantri jiu yesta bhrstachari apraadhi lai sarbasso sahit jail halna saknu Hun6a ki hunna.Saknu hunna bhane dinus rajinama tya basera tapain ko kehi kam 6aina hoina bhane testa aapradhi haru kasari badhuwa ko sifaris ma kasari pare,sifaris garne lai Pani karbahi garnuss.

    0
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ८:२४

    janardan plz answer this questions and why you promoting him . we all need an asnswer

    0
    0
    Share

  • om लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ८:५२

    yeslai punishment hunai parxa.

    1
    0
    Share

  • geeta लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ११:३८

    Yesta ko promotion garna prastab garne naitikata hin sarkar

    0
    0
    Share

  • KP लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १२:१६

    gayeko 1 barsa agadi kapilvastu ko chandrauta ma raheko Armed Police Force ka Karmachari haru le nai yek jana Female mathi rape garyo… tesko karwahi ta ajhai kehi suneko xaena vane ……. yo ta jhan DSP level ko case ……. Dhanya xa mero Desh ……Police koma nyaye magna jhau rape garxa vanne dar ……Armed Police Force sanga nyaye magna jhau Rape garla ki vanne dar…… Supreme Court jau vane mahaaviyog lagla vanne dar…..

    janta le nyaye magne kaha ta??

    0
    0
    Share

  • shree ram लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते १३:०५

    के साँच्चै देशमा आँखा फुटेकाहरुमात्र मन्त्रि भएका हुन त? होइन भने यो वढुवा सिफारिस गर्नेको आँखा फुटेको छ? कानूनी राज्यको सवक सिकाउन पर्नेनै हो त? खवरदार हामी कानूनको पक्षमा उभेका छौं ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this