Comments Add Comment

सेक्स रसायन हो

कलात्मक पोनोग्राफी बनाउने एक विद्यार्थीको कथा

२३ वर्षका फोटोग्राफीकी विद्यार्थी ब्लथ आफ्नो कलात्मक सोचका माध्यमबाट पोर्न फिल्मलाई सुन्दर बनाउने प्रयासमा छिन् ।

ब्लथका अनुसार जब उनी पढिरहेकी हुँदिनन् त्यसबेला उनी कलात्मक पोनोग्राफी बनाउनमा व्यस्त हुन्छिन् ।

मनिसहरु प्रायः उनका फिल्महरुलाई सुन्दर भन्छन् जुन शव्दको पोर्नसँगै कुनै नाता हुँदैन ।

कुनै दृश्यमा ब्लथलाई गुलाबका पत्रहरुले भरिएको बाथटबमा त कुनै युवतीमाथि तरल मैनबत्ती स्लो मोसनमा खन्याइरहेको देख्न सकिन्छ ।

उनले स्कटिस क्वीर इन्टरनेसनल फिल्म फेस्टिबलका साथै बर्लिन र लण्डन पोर्न फिल्म फेस्टिबलमा समेत स्क्रिनिङ गर्ने मौका पाएकी छन् ।

ब्लथ भन्छिन् : मैले यस्ता धेरै मानिस भेटेको छु जसले मैले बनाउने फिल्म पोर्न नभै कला भएको बताउँछन् । तर जब मानिसहरु क्यामरामा सेक्स गरेको देख्छन् तब त्यो पोर्न हो ।

ब्लथ ती तमाम महिला पोर्न निर्देशकमध्ये एक हुन् जसले पोर्न उद्योगलाई नयाँ तथा फरक चिज दिने कोसिसमा छन् ।

अन्यको कुरा गर्दा एरिका लस्ट, ज्याकी सेन्ट जेम्स, जोएन्ना एन्जेल तथा नीना हार्टली जस्ता चर्चित पोर्न फिल्म निर्देशक पनि छन् ।

बेलायतको राजधानी लण्डनको पूर्वी क्षेत्रमा जन्मिएकी ब्लथ वास्तवमा लेस्बियन अर्थात् महिला समलिंगी हुन् । उनले क्याथोलिक स्कुलमा पढिन् । क्याथोलिक स्कुलको आफ्नो अनुभव उनलाई भयानक लाग्छ । स्कुलमै कसैले उनको झोलामा ठूला अक्षरमा लेस्बियन लेखिदिएछ जुन झोला उनले लामो समयसम्म बोकिरहिन् ।

१८ वर्षको उमेरमा उनले एक पोर्न साइट पत्ता लगाइन् जसमा केटीहरुले आफै आफ्ना भिडियोहरु शूट गरेर अपलोड गर्दथे ।

अलग अलग टाटू, कपालका शौखिन तथा अनेक थरी जिउडाल भएका महिलाहरुका भिडियो थिए त्यहाँ जुन मुलधारका मिडियाहरुमा कहिल्यै देखिँदैनथ्यो ।

उक्त वेबसाइटको सबैभन्दा आकर्षणको विषय के भने त्यसमा भिडियो अपलोड गरेका महिलाहरुले सबै आफ्नो इच्छाले त्यसो गरेका थिए र आफुलाई जे गर्न मन लाग्छ त्यहीँ गरेका थिए ।

ब्लथको इच्छा पनि निर्वस्त्र फोटोग्राफी गर्नु थियो र उनले आफ्नो नग्न शरीरको फोटो खिचेर त्यो अभ्यास गर्थिन् । त्यहाँ एक समुदाय यस्तो पनि थियो जसले महिलाहरुलाई त्यसका लागि पैसा पनि दिन्थ्यो ।

ब्लथ अहिले पनि त्यहीँ चाहनाका साथ भिडियो बनाउँछिन्, त्यसलाई अपलोड गर्छिन् । उनका फ्यानहरुको संख्या निकै धेरै छ ।

हालै बीबीसीको एक कार्यक्रममा आएकी ब्लथ आफूलाई पोर्न फिल्मभन्दा म्युजिक भिडियो बढी मन पर्ने र यो सबै एक सुन्दर फिल्मको हिस्सा बनोस् भन्ने आफूले चाहने बताइन् ।

उनी कुनै पनि पोर्न फिल्मको सुटिङ गर्नुअघि काम गर्नेहरुको मन पर्ने नपर्ने बानीका बारेमा ख्याल गर्छिन् ।

ब्लथका अनुसार उनका ग्राहकमा केबल केटीहरु मत्र होइन केटाहरु तथा एकल पुरुषहरु समेत छन् । सोसल मिडियामा आफ्लाई दैनिक ६५ हजार मेसेज आउने उनी बताउँछिन् ।

अहिले लाइभ पोर्नको जमाना आएको छ । ठूलो संख्यामा पोर्नस्टारहरु आर्थिक फाइदा तथा आफुलाई चाहनेहरुसँग कुराकानीका लागि समेत लाइभ प्रदर्शन गर्दछन् ।
सोसल मिडियाको आगमनसँगै पोर्न उद्योगलाई निकै फाइदा पुगेको ब्लथ बताउँछिन् । त्यसबाट पोर्नकर्मी र दर्शकबीचको दूरी छोटिएको छ ।

उनी भन्छिन्ः सेक्स इमोसनल हुन्छ । यो केवल शारीरिक विषय मात्र होइन । यो रसायन हो र सामाजिक विषय हो ।

आफ्ना पोर्न फिल्ममा ब्लथको मूख्य फोकस माहोलमा हुन्छ । किनकी वास्तविक दुनियाको सेक्समा यी चिज निकै महत्वपूर्ण हुन्छन् ।

ब्लथ भन्छिन्: मलाई विश्वास छ की मैले लामो समयसम्म समलिंगी मानिसहरु, उनीहरुको जिन्दथी तथा उनीहरुबीचको सेक्सलाई खिचिरहनेछु ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment