Comments Add Comment

न्यूयोर्कमा सामाजिक अभियन्ता डा.परियार सम्मानित

 १७ जुलार्इ, न्यूयोर्क । न्यूयोर्क शहर ब्रूकलिन बोरोह अध्यक्षद्वारा सामाजिक अभियन्ता डा। विष्णुमाया परियार सम्मानित भएकी छिन्।

परियारलाई अध्यक्ष एरिक एल एडम्सले एक कार्यक्रममा सम्मान गरेका हुन् ।

समुदायमा विशिष्ट योगदान तथा अनुकरणीय नेतृत्व प्रदान गरेकोमा उनलाई सम्मान गरिएको छ ।

उक्त पुरस्कार पाकिस्तानी अमेरिकन युवा समाज ब्रुकलिन न्यूयोर्कले आयोजना गरेको सामुदायिक सम्मान पुरस्कार वितरण समारोहमा गरिएको हो

परियारको संस्था एड्वानले सन् १९९८ देखि हालसम्म नेपालका विपन्न र दलित समुदायका १४ हजार ९ सय ३४ बालबालिकाहरुलाई शैक्षिक सहायता गर्न सफल भएको छ भने ३४ हजारभन्दा ज्यादा महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्वित पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment