Comments Add Comment

एनआरएनए चीनको अध्यक्षमा नबिन बिकको उम्मेदवारी घोषणा

१७ जुलाई, वाशिंगटन डीसी । चितवन घर भै हाल चीनमा बसोबास गर्दै आएका नबिन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन चीनमा स्थापना कालदेखि नै कोषाध्यक्षको रुपमा आफूले एनआरएनको यात्रा सुरु गर्दै अहिलेसम्मको एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको अनुभवले आफू अब अध्यक्ष पदमा उम्मेदवार दिने निर्णयमा पुगेको उनले बताए ।

सन् २००२ मा उनी दुबई गएर २ बर्ष त्यहाँको प्रसिद्ध घडी कम्पनी रिभोली ग्रुपमा सेल्सम्यान (बिक्रिकर्ता)को रुपमा बैदेशिक रोजगारको शुरुवात गरेका थिए ।

तर, कमाइ राम्रो हुँदाहुँदै उनी नेपाल फर्किए । ‘राम्रो कमाई हुँदाहुँदै पनि दुबई मेरो लागि हैन, म यो भन्दा अरु नै तर यो भन्दा ठूलो कामको लागि जन्मेको हु भनी सन् २००४ मा नेपाल फर्किए ।’ उनले भने ।

एक वर्ष चिनजानमै वित्यो चीन बसाई

त्यसपछि नेपाल बसाईका क्रममा केही समय चाईनिज भाषा पढाउने क्रममा केही ब्यापारीहरुको सम्पर्कमा आउँदा ती ब्यापारीहरुले नै चीन जान सुझाब दिए पश्चात, २००५ मा चीनको औघोगिक शहर गोन्जाउ पुगे । तर, वर्ष दिन कोठामा सुतेर खानेको बिकल्प उनीसंग थिएन ।

उनी स्मरण गर्दै भने-‘चीनमा ब्यापार ठूलो हुँने र त्यति ठूलो पैसाको कारोबार गर्दा कसैले झ्वाट्ट बिश्वास गर्न गार्हो हुदो रहेछ ।’ त्यसैले १ वर्षसम्म ब्यापारीहरुसंग परिचय गर्दैमा बित्यो भनी आˆना ईतिहास कोट्याए ।

नेपालमा ताईवानका तावजीमहरुसंग चाईनिज भाषा सिकेकोले ठूलो काम लाग्यो । आˆनो चीनको यात्रा चलिरहेको उनले बताए ।

चीनमा एक पटक कलकत्ताको मारवाडी ब्यापारीलाई ५० हजार डलरको यन्त्र किनी दिदा १५ सय डलर पाउन पर्ने सेवा शुल्क नदिई गएको तितो अनुभव समेत रहेको बताए ।

उनी भन्छन-‘सन् २००७ सालमा हङ्कङबाट बुद्धिबहादुर थापा लगायतका अग्रज आएर चीनको गोनजाउमा बिधिबत रुपमा एनआरएन चाईनाको शुरुवात भएको हो ।’

उनले गोन्जाउ मा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब (रात्री क्लब) खोली नेपालका धेरै जनालाई रोजगारको अबसर प्रदान गरेका थिए ।

अहिले कार्य ब्यस्तताले यी कार्यहरुलाई पार्टनरहरुको जिम्मा लगाई आफू स्टीलपाईप, स्टिलका भाडकुडाहरु, नन उभन फेब्रीक र धागा बनाउने मेसिन बनाएर निर्यात गर्न ब्यस्तरहेको बताउँछन् ।

यसको साथै सन् २००५ सालदेखि फाईभ स्टार ईन्टरनेशनल ग्रुप लिमिटेड (हङकङ) को प्रबन्ध निर्देशकको रुपमा अहिलेसम्म नेपाल,भारत ,बंगलादेश, खाडी मूलुक र अमेरिका लगायत अन्य देशहरुमा सामानको निर्यात गर्दछन ।

चीनबाट नयाँ प्रबिधी नेपाल भित्र्याउने प्रयास

उनी चाईना बसेर चीनको नयाँ प्रबिधीहरु नेपाल भित्र्याउन् प्रयास गरिरहेका छन् । उनको सामाजिक सेवामा त्यतिनै संलग्नता रहेकोले यसैको प्रयास स्वरुप चितवनमा २०१४ मा नेपालकै पहिलो बालमैत्री अन्तर्राष्ट्रिय स्तरको चिल्ड्रेन पार्क -बाल उद्यान ) स्थापना गरेका छन् ।

जसबाट चितवनबासी मात्रै नभैकन छिमेकी जिल्लाका बालबालिकाहरु पनि लाभान्वित भएका छन ।

गोनजाउमा कोही नेपाल सरकारको उच्च व्यक्तित्वहरु आउदा होस वा दलालको चंगुलमा परेर दुख पाएकालाई उनले सक्दो सहयोग गरेका छन् ।

आफूभित्र मानवता र समाजसेवाको भावना रहेकोले आफू सेवा गर्न पछि कहिले नहट्ने उनले बताए ।

उनले आउँदो वर्षहरुमा चितवनमा चाईना टाउन र वाटर पार्क खोली चितवन तथा छिमेकी जिल्लाबासीहरुलाई काठमाडौंको थोकमुल्यमा सामान उपलब्ध गराउने तथा देशमा अत्याधिक गर्मी हुनी ठाउँमा पर्यटक तथा स्थानीयहरुलाई चिसो पानीले मनोरञ्जन गराउने योजना बुनेको पनि बताए ।

समाज सेवाको कुरा गर्दा नेपालको बाढी पीडीत होस वा भूकम्प पीडीत राहत कार्यक्रम के लागि पनि अन्य गोनजाउका साथीहरुसंगै निकै खटिएका व्यक्तिमा उनी गनिन्छन ।

उनी एनआरएनका देश बिदेशको कुनै पनि कार्यक्रम प्रायः छुटाउदैन । नेपालको विश्व सम्मेलन होस वा मलेसियाको एसिया प्यासेफिक क्षेत्रीय सम्मेलन होस, वा छिमेकीहरु राष्ट्रहरु हङकङ,मकाउ ,मध्यपूर्वी एनआरएनको कार्यक्रममा सम्भव भएसम्म सहभागी भएकै हुन्छन ।

जापान,अमेरिका लगायतका देशहरु भ्रमण गरी एनआरएनका साथीहरुसंग सुमुघुर सम्बन्ध कायम गरी आपसी समझदारी बढाएको अनुभब संगालेको उनी बताउँछन ।

आफूले स्थापना कालदेखि नै निस्वार्थ भावनाले काम गरेको र आफूसंग अनुभव पनि रहेकोले आगामी २०१७/२०१९ को लागि अध्यक्ष पदकों दाबेदार रहेको उनी बताउँछन् ।

एनआरएन चीन दर्ता गर्ने प्रतिबद्धता

अध्यक्ष पद मै किन उम्मेदवारी भनी जिज्ञासा राख्दा उनी भन्छन-‘एनआरएन चीनको हालसम्म पनि दर्ता हुन सकेको छैन र हाम्रो आधिकारिक कुनै कार्यालय पनि छैन ।’

आफू अध्यक्ष पदमा निर्वाचित भएमा सबैभन्दा पहिला एनआरएन दर्ता गर्ने र कार्यालयको ब्यबस्था गर्ने आˆना मुख्य कार्यसूची तथा प्रतिबद्धता रहेको बताए ।

उनले २०१३-२०१५ कार्यकाल लगायत साथीहरु अहिलेको समितिमा सहभागी नभएको भन्दै यो फुट र गुटलाई सधैको लागि अन्त्य गरिने प्रतिबद्धता उनले गरेका छन् ।

उनले भने-‘मेरो स्वतन्त्र उम्मेदवारी पनि यसैको प्रतिक हो । मैले कुनै गुट बनाएर वा समूह बनाएर अधक्षको चुनावमा होमिएको छैन ।

उनी भन्छन-‘अहिले हाम्रो समिति गोनजाउ र यी उ भन्ने सहरमा मात्रै सीमित छ । यसलाई बढाएर,बेईजिङ, संघाई, लासा, सेनजन लगायतका क्षेत्रमा पनि बिस्तार गरिने छ ।’

आफु चीनको औघोगिक सहरलाई नेपालका औघोगिक सहरसंग र चाईनाका पर्यटकीय सहरलाई नेपालका पर्यटकीय सहरसंग भगिनी सम्बन्ध स्थापना गराएर सम्बन्धित क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गरी नेपालको उद्योग र पर्यटन ब्यबसायलाई टेवा पुर्‍याउने उनको भनाई छ ।

उनले अगाडि भने ‘गोनजाउमा रहेको नेपालीहरुको १०० का हाराहरीमा रहेका रहेका ट्रेडिङ् कम्पनीलाई ब्यबस्थित गरी एउटै छातामुनी ल्याई चीनमा हुने हुनी ठगी र चीनमा बिभिन्न समयमा बदलिई रहने नियम कानुनको बारेमा सामाधान तथा सूचना आदानप्रदान गर्ने ब्यबस्था मिलाउने र चीनमा बस्ने ब्यापारीहरुलाई कहिलेकाही सामान पठाउने क्रममा बिबिध कारणले पैसाको खाँचों पर्दा छोटों समयको लागि बाधा अड्चन फुकाउनको लागि निश्चित रकÞम निश्चित समयको लागि उपलब्ध गराउने प्रयास गर्ने छु ।’

यसको साथै उनले गोनजाउमा कुनै पनि नेपालीको दुर्घटना भएमा वा मृत्यु भएमा प्राथमिक उपचार तथा मृत शरीर नेपाल पुर्‍याउनको लागि एउटा छुट्टै राहत कोष खडा गर्ने बताए ।

एनआरएन चाईनाको अहिलेसम्म कै क्रमभंग गर्दै, प्रत्येक महिनाको आयब्ययको जानकारी तथा गरेका कार्यहरुको सम्पूर्ण विवरण वेबसाईट (संजाल) मार्फत सार्वजनिक गरिने छ ।

एनआरए चीनलाई पनि मध्यपूर्व, एसिया, युरोप, अमेरिकाका देशहरुका एनआरएनसंग एनआर एनको इतिहासमा पहिलो पटक भगिनी सम्बन्ध स्थापना गरी, ती देशहरुमा ब्यापारका सम्भाबनाका ढोकाहरु चीनबासी नेपाली ब्यापरीहरुको लागि खोल्ने ब्यबस्था मिलाउने छु ।

‘नेपालको लागि कम्तिमा पनि ३ महिनामा एकचोटी शिक्षा र स्वास्थ्य सम्बन्धी जनसेवा कार्यक्रम चलाउने छु ।’ उनले भने-‘मेरो कार्यकालमा वर्षमा १ पटक नेपाल उत्सव संचालन गरी नेपाली सीप, कला र सामानको प्रबर्द्धन गर्ने माहोल बनाउने छु ।’

उनले गोनजाउमा बस्ने ब्यापारीहरु प्राय सबै जना उच्च शिक्षा हासिल गरेका र राम्रोसंग बसोबास गर्ने भएकोले उनीहरुले हाम्रालाई भन्दा राम्रालाई मत दिई आफ्नो स्वविवेक प्रयोग गरी आफूलाई एनआरएन चीनको अध्यक्षमा अत्याधिक बहुमतले आफूलाई जिताउने विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment