Comments Add Comment

‘प्रेमगीत २’ चल्ने आधारः ‘प्रदिपको क्रेज कि फिल्मको ब्रान्ड’


३ महिना लामो व्यवसायिक खडेरीलाइ चलचित्र ‘म यस्तो गीत गाउँछु’ले तोडेपछि अब दर्शक र चलचित्रकर्मीको नजर, नयाँ चलचित्रमा पर्न थालेको छ । अब, कुन चलचित्रले व्यवसायिक रुपमा चलचित्र क्षेत्र र निर्मातालाई खुशी देला भन्ने बहस सुरु भएको छ ।

हलमा दर्शक नै नआउने दिकदार लाग्दो अवस्था असार ३० गतेबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट तोडियो । अब, साउन १३ गते आशा गरिएको चलचित्र रिलिज हुँदैछ, ‘प्रेमगीत २’ । सांगीतिक लभ स्टोरी चलचित्रमा दर्शकको मन गैरहेको समयमा ‘प्रेमगीत २’ पनि सोही ब्रान्ड बोकेको एउटा प्रतिक्षित चलचित्र हो ।

‘प्रेमगीत’ चलचित्र सफल भएको कारणले पनि दर्शकले यतिबेला यसको सिक्वेलको प्रतिक्षा गरिरहेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले एउटा हाइप पनि लिएको छ ।

काठमाण्डौ बाहिरका ११ शहरमा गरिएको सांगीतिक कन्सर्टबाट पनि दर्शकको ‘प्रेमगीत २’ प्रतिको लगाव देखिएको छ । ११ शहरमा चलचित्रको सांगीतिक कन्सर्ट गर्दा दर्शकको उल्लेख्य भीड लागेको थियो ।

यो चलचित्र चल्ने केही आधारहरु छन् । पहिलो कुरा त यो चलचित्रको पहिलो भागले नै खुबै चर्चा पायो । ‘प्रेमगीत’ नाम यसको ब्रान्ड हो, जसले गर्दा यो चलचित्र चल्ने संभावना देखिएको छ ।

यस्तै, यही चलचित्रबाट नायक प्रदिप खड्काले एउटा राम्रो क्रेज बनाए । यूवतीहरु उनको मुस्कान र अभिनय हेर्नका लागि लालयित छन् । प्रदिपको क्रेजका कारण पनि ‘प्रेमगीत २’ चल्ने धेरैको विश्वास छ ।

चलचित्रको इनिसियल व्यापार आक्रामक हुने धेरैको वुझाई छ । यसपछि, चलचित्रको बिषयवस्तु नै मुख्य आधार मानिनेछ । निर्माता सन्तोष सेनले यसपटक चलचित्र निर्माणमा मिहिनेत गरेका छन् । बर्मा, थाइल्याण्ड र नेपालका रमणिय दृश्यलाई गजबले क्यामेरामा कैद गरिएको छ । रामशरठ पाठक निर्देशित यही चलचित्रबाट अश्लेषा ठकुरी नायिकाको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment