शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

भूकम्पको केन्द्रविन्दुमै यस्तो छ पुनर्निर्माणको हालत

दुई बर्ष बितिसक्दा पनि पीडितको बास टहरामै

विकास मरहट्टा

२ साउन, गोरखा । भूकम्पले भत्किएको गोरखाको सुलिकोट गाउँपालिका-३ स्वाँरा, थला गाउँकी सेतीमाया तामाङको घर अझै पुनर्निर्माण भएको छैन । भूकम्प गएको दुइ बर्ष बितिसक्दा पनि उनी अस्थायी टहरामै जिविकोपार्जन गरिरहेकी छिन् । कारण हो आर्थिक अभाव ।

‘सरकारले दिएको ५० हजार भत्किएको घर पन्छाउँदैमा सकियो,’ तामाङ भन्छिन्, ‘अव घर बनाउन कहाँ बाट पैसा ल्याउने ?’ टहरामा बस्न निकै समस्या भोग्नु परेको उनको गुनासो छ । ‘वर्षाको समयमा पानी चुहिएर भित्रै ताल हुन्छ, फेरि गर्मीमा जस्ता तातेर बसिसक्नु हुदैन,’ उनले दुखेसो पोखिन् ।

थला गाउँका अर्का भूकम्प पीडित बुद्धि तामाङले टहरामा अन्नवाली राख्ने ठाउँ सम्म नहुँदा समस्या भएको गुनासो गरे । ‘मकै सुकेर घर ल्याउने बेला भयो तर राख्ने ठाउँ छैन,’ उनले भने । सरकारले एकमुष्ट रुपमा अनुदान रकम दिए मात्र घर बनाउन आँट गर्न सकिने उनको भनाइ छ । आर्थिक अभावका कारण थला गाउँका अधिकांश पीडितहरुले घर बनाउन सकेका छैनन् ।

थला गाउँका पीडित मात्र होइनन गोरखाका अधिकांश भूकम्प पीडित अझै पनि अस्थायी टहरामै छन् । दुई बर्खा अस्थायी टहरामै गुजारा चलाएका उनीहरु यस पटकको बर्खा पनि टहरामै बिताइरहेका छन् । अनुदानको पहिलो किस्ताले भत्किएको घरको भग्नावशेष पन्छाउन समेत नुपुग्ने भएकाले घर बनाउन समस्या भएको पीडितहरुको गुनासो छ ।

०७२ बैशाख १२ गते गोरखा केन्द्र बनाएर महाबिनाशकारी भूकम्प गएको २ वर्ष ३ महिना भइसकेको छ । पुनर्निर्माण र राहतको वितरण प्रणाली कछुवा गतिमा रहँदा यहाँका अधिकांश भूकम्पपीडितले अझै अस्थायी टहराबाट छुटकारा पाएका छैनन् ।

आर्थिक अभावका कारण अधिकांश भूकम्प पीडितले घर बनाउन पाएका छैनन् । ‘असिना पानी परेको बेला टहराभित्र पानी छिरेर ताल पर्छ, कसरी बस्ने कसरी सुत्ने साह्रै समस्या हुन्छ,’ स्वाँराकी सलिना गुरुङले भनिन् । पुननिर्माणमा ढिलाइ हुदा बिभिन्न समस्या भोग्नु परेको उनको गुनासो छ ।

भूकम्पको केन्द्रविन्दुमै पुननिर्माण सुस्त

दुई वर्षअघिको भूकम्पको केन्द्र जिल्ला गोरखाको पुननिर्माणले गति लिन सकेको छैन । अधिकांश पीडितहरुले टहराबाट छुटकारा पाउन सकेका छैनन् । भूकम्पको केन्द्रविन्दु रहेपनि पुननिर्माणले गति लिन नसक्दा पीडितहरुको समस्या थपिदै गएको छ ।

६० हजार आठ सय १५ लाभग्राही मध्ये ५४ हजार पाँच सय १५ जनाले अनुदानको पहिलो किस्ता पाएका थिए । तर हाल सम्म चार हजार पाँच सय घर बनेका छन् भने ९ हजार घर पुननिर्माणको चरणमा रहेको शहरी बिकास तथा भवन डिभिजन कार्यालयकी इन्जिनियर सुनिता श्रेष्ठले बताइन् ।

तेस्रो किस्ता वितरण हुन सकेन

तेस्रो किस्ताको रकम दिनका लागि भवन डिभिजन कार्यालयले ४९८ जनाको नाम सिफारिस गरेपनि हाल सम्म रकम निकासा हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालयमा सप्टवेयर अपडेट नभएका कारण रकम वितरण हुन नसकेको स्थानीय बिकास अधिकारी नारायण प्रसाद आचार्यले बताए ।

 

निजी आवास निर्माणका लागि गोरखामा झण्डै पौने तीन अर्व निकासा भएको थियो । सो रकम मध्ये झण्डै दुइ अर्व वजेट फिर्ता भएको आचार्यले बताए । वर्षाको समयमा निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा पनि कतिपय घर पुननिर्माण हुन नसकेको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।

‘कतिपय भूकम्प पीडितको घर पुरै भत्किएको छैन, टालटुल गरी बस्दै आएका छन्,’ कार्कीले भने ‘अब पुरै भत्काएर बनाउन धेरै पैसा लाग्छ, त्यही भएर घर पुननिर्माण नगरी बसेका छन् ।’

दरवन्दी अनुसार प्राविधिक नहुँदा समस्या

दरवन्दी अनुसारको प्राविधिक नहुँदा पुननिर्माणले गति लिन नसकेको भवन डिभिजन कार्यालयले जनाएको छ । एक सय ८६ जना इन्जियिनरको दरवन्दी रहे पनि हाल ८६ जना मात्र जिल्लामा खटिएका छन् । त्यस्तै ६० जनाको सव इन्जिनियरको दरवन्दी रहेपनि ३४ जना मात्र जिल्लामा काम गरिरहेका छन् भने ६० जन असिस्टेन्टको दरवन्दी रहे पनि ५४ जना मात्र कार्यरत रहेको कार्यालयकी इन्जिनियर सुनित श्रेष्ठले बताइन् ।

प्राविधिक नभएपछि पीडितले आफूखुसी घर बनाए

गाउँगाउँमा प्राविधिक नभएपछि कपितय पीडितहरुले आफूखुशी घर बनाएका छन् । भूकम्प गएको धेरै समय बितिसक्दा समेत प्राविधिक नपुगेपछि पीडितहरुले आफूखुशी घर बनाएका हुन् ।

‘घर बनाउका लागि इन्जिनियरलाइ महिनौ सम्म कुर्‍यौं, अनुदान रकम पाएको चार महिना बितिसक्दा पनि इन्जिनियर गाउँमा आएनन् । जाडो बाट बच्नै पर्‍यो भनेर आफुखुशी घर बनाइयो ।’ स्वाँरा-९ का मंगल बहादुर गुरुङले भने ।

तीन चार लाख खर्च गरेर आफुखुशी घर बनाएको स्वाँराका अर्का स्थानीय पूर्ण बहादुर गुरुङले बताए । ८ सय ५७ जनाले पहिलो किस्ता लगेका स्वाँराका पीडितहरु मध्य एक सय पचास घरधुरीले आफूखुसी घर बनाएका छन् । प्राविधिक नहुँदा आˆनो सुरले घर बनाएको उनीहरुको तर्क छ ।

पीडितले बनाएको घर मापदण्ड विपरीत भएको भन्दै अनुदानमा रोक

प्राविधिकको अभावमा आफूखुशी घर बनाएका पीडितहरुलाइ मापदण्ड विपरित भएको भन्दै अनुदानमा रोक लगाइएको छ । ‘सरकारको मापदण्ड कुर्दा कुर्दा आएन, टहरामा कति बस्ने भनेर घर बनाइयो,’ स्वाँराका सोम बहादुर गुरुङले भने ‘तर अहिले प्राविधिक आएर मापदण्ड मिलेन भन्छ, अब घर भत्काउनु न के गर्नू अन्यौल छ ।’

ऋण गरेर घर बनाएपनि अनुदान नपाउने भनेपछि पीडितहरु चिन्तित छन् । तर अहिले नयाँ कार्यविधि आएकाले पीडितहरु केही आशावादी छन् ।

२०७४ साउन २ गते १२:५९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Shyam Tiwari लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १४:१४

    Haina mapdanda milauna lai time ma engineer janu paro ni gau gau ma. manchhe more paxi paani khuwayera hudaina. pahile nai khuwaunu parxa tesaile time ma engineer pathau.banisakeko ghar lai vatkayera feri pahilo kista basta paisa de. THis result is all about chutiya Government. Nepal sarkar murdabad…

    1
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:०४

    I am NOT an Earthquake Engineer – but I have common sense to think that the MUD MASONRY STONE WALLS ARE COMPLETELY UNSAFE TO STAY, it is not earthquake resistance building (Earthquake Proof Building is difficult, just last year Japanese Engeershave built such building in Kobe, Japan). The Mud wall can not retain more than 6 rector scale building, it will be death trap again. I am crying, requesting, begging, praying Earthquake Rehab.Authority Dr. Pokharel that Please use the iron bar, cement masonry stone wall, no more mud wall” But they did not hear at all and finally people are back to square ONE which is again earthquake prone building. Increase ceiling from3 lakhs to 6 lakhs use CEMENT, there is 50% underspent development budget and transfer that budget for earthquake rehabilitation.
    NO MORE DEATH TRAP, NO MORE MUD WALL, NO MORE RUDIMENTARY TECHNOLOGY IN THE NAME OF F**KING “SUSTAINABILITY” – A “$$$$$$$ kHETI NGO/INGO WORDS”

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this