Comments Add Comment

लोकप्रिय मतमा एमाले ४२ हजारले अगाडि, माओवादी ‘हाफ’


२ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमालेले ४९ बढी स्थानीय तह जितेको छ । तर, पपुलर भोट भने कांग्रेस र एमालेले लगभग बराबर पाएका छन् ।

दुई चरण गरेर प्रदेश नम्बर २ बाहेक अन्यत्र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । र, एमाले २७६ स्थानीय तह -प्रमुख) जितेर पहिलो पार्टी बनेको छ । कांग्रेसले २२७ स्थानीय तह जितेको छ भने माओवादीले ८४ स्थानीय तह जितेको छ ।

तर, पपुलर भोट भने कांग्रेस र एमालेले झण्डै बराबर पाउँदा माओवादीले त्यसको आधा पाएको छ ।

हामीले भरतपुर महानगर बाहेक ६१६ स्थानीय तहमा तीन पार्टीका प्रमुख पदका उम्मेदवारहरुले पाएको मतलाई पपुलर मत मानेका छौं । साथै चुनावी तालमेल भएका ठाउँहरुमा प्रमुखमा जुन पार्टीको उम्मेदवार छ, उसले पाएको मतलाई त्यही पार्टीको मानेका छौं भने अर्को पार्टीलाई मत दिएको छैन ।

यसरी हेर्दा पपुलर मतमा पनि एमाले पहिलो स्थानमा छ । तर, कांग्रेससँग दुरी हजारमा मात्र छ ।

एमालेले २६ लाख ९८ हजार ७३६ मत पाएको छ । कांग्रेसले २६ लाख ५६ हजार २७५ मत पाएको छ । दुई दलको मतान्तर ४२ हजार ४६१ मात्र देखिन्छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले कुल १२ लाख ७५ हजार ३५ मत पाएको छ ।

कुन प्रदेशमा कुन दल हाबी ?

हरेक स्थानीय तहको प्रमुखमा पाएको मत जोड्दा प्रदेश नम्बर १ र ३ मा एमालेले धेरै मत पाएको छ । तर, बाँकी ४, ५, ६ र ७ नम्बर प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । माओवादी केन्द्र भने सबै प्रदेशमा तेस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment