२ साउन, काठमाडौं । साउन महिना लागेसँगै डोल्पामा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।
साउन पूर्णिमाको अवसरमा जिल्लाका स्थानीय मन्दिरहरुमा बिशेष पुजाआजा हुने गर्दछ ।
यसका लागि डोल्पालीहरु धाँमि (पुजारी)सँग तीर्थयात्रामा जाने गर्दछन् । उनीहरु खाली खुट्टा हिँडेर लामो बाटो यात्रा गर्ने गर्दछन् ।
तीर्थयात्रा गएकोबेला धामिमा दैवी शक्ति चढेर सबैको भविष्यबाणि हुने विश्वास लिने गरिएको छ ।
हप्तौ हिँडेर देउतासँग तीर्थयात्रा गर्न जानाले मनोकाङ्क्षा पूरा हुने यहाँ जनविश्वास रहिआएको छ । डोल्पालीहरु विभिन्न समस्या झेल्दै तीर्थ यात्राका लागि जाने गरिन्छ ।
हरेक वर्ष सावण महिनामा भित्रै तीर्थयात्रा गरिने गर्दछ । डोल्पालीहरु यहाँका तामेगाड, व्यासऋसी, मुकुटेश्वर, सुनदह,जगदुल्ला लगायतका मुख्य तीर्थस्थलमा पुग्ने गर्दछन् ।
स्थानीय देउतासँगै तीर्थयात्रामा गएपछि मागेको बरदान पाईने र त्यो पूरा हुँने विश्वास रहेको छ ।
शब्द/तस्वीर : रामचन्द्र न्याैपाने