Comments Add Comment

कञ्चन डेभलपमेन्टको सञ्चालन मुनाफा ११ करोड

२ साउन, काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले आव २०७३/७४ मा ११ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकले यो अवधिमा २ अर्ब ८२ करोड निक्षेप संकलन र २ अर्ब ३० करोड कर्जा लगानी गरेका छ ।

बैंकले राष्ट्र बैंकमा पेश गरेको पुँजी वृद्धि योजना अनुसार नै चुक्ता पुँजी रु. ५० करोड पुर्याउने लक्ष्य लिएको छ । क्षेत्रिय स्तरको यस विकास बैंकको कार्य क्षेत्र कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्ला रहेको छ । हो ।

हाल बैंकले ९३ हजार भन्दा बढी सेवाग्राहीहरुलाई बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । प्रधान कार्यालय कञ्चनपुर रहेको यस बैंकका हाल १३ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment