Comments Add Comment

खिम्तीमा बेपत्ता ३ जनाको अझै पत्तो लागेन, उद्दारमा उडेको हेलिकोप्टरमा राजनीति

२ साउन, रामेछाप । रामेछापको लिखु गाउँपालिका-६ खिम्तीमा शनिबार राति आएको बाढी परिहरोमा परि वेपत्ता भएका ३ जनाको अझै पत्ता लागेको छैन, हराइरहेकाको खोजी जारी छ ।

साविक खिम्ती र र्फपू गाविसको सीमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा ५ जना वेपत्ता भएका थिए । वेपत्ता भएका मध्ये २ जनाको शव आइतबार फेला परेको भएपनि अन्य ३ को अझै पत्तो लाग्न सकेको छैन ।

मृत्यु हुनेमध्ये लिखु-६ की लालकुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलोमिटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो ।

घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजीकार्य जारी छ ।

उनीहरुको जीवितै उद्दार हुने आशा कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुको काठमाडौंको ट्रमा सन्टरमा उपचार भइरहेको छ ।

पीडित परिवारलाई राहात

यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिले खिम्तीका बाढीपीडित ४ घर परिवारलाई सोमबार बिहान राहात सामाग्री वितरण गरेको छ । जिल्ला दैविकप्रकोप उद्धार समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार ४ घर परिवारलाई अन्न, ओढ्ने ओछ्याउने, त्रीपाल, भाडँाकुँडा तथा नुन तेल लगायतका सामागि्रहरु वितरण गरिएको छ ।

पीडितलाई स्थानीय स्तरमा पनि केही राहात सामाग्री वितरण गरिएको लिखु गाउँपालिकी उपप्रमुख दीपशिखा दाहालले जनकारी दिइन् ।

उद्धारमा उडेको हेलिकोप्टमा राजनीति

खिम्तीका बाढी पीडितलाई उद्दारको लागि आएको हेलिकप्टरमा पनि राजनीति भएको छ । घाइतेहरुलाई उद्दार गरी काठमाडौँ लैजानको लागि आएको नेपाली सेनाको हेलिकप्टर खिम्ती आउने नसके पछि नजिकै रहेको दोलखाको देवीटारमा बसेको थियो ।

हेलीकप्टर रहेको स्थानसम्म बिरामीलाई लैजान कठिन भएपछि नेपाली कांग्रेसका नेता कान्छाराम तामाङको पहलमा निजी कम्पनीको हेलिकप्टरले खिम्तीमा आएर घाइतेहरुलाई देवीटारसम्म पुर्‍याएको थियो ।

आइतबार साँझ बसेको जिल्ला दैविकप्रकोप उद्दार समितिको बैठकले सो हेलिकप्टको खर्च लिखु गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको छ । तर सामाजिक सञ्चालमा कांग्रेस नेता कान्छाराम तामाङले आफ्नै खर्चमा हेलिकप्टरलाई घाइतेहरुको उद्दार गराएको भन्दै विपद्को घटनालाई राजनीतिकरण गरिएको छ ।

दैवीप्रकोप उद्दार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खत्रीले समितिको बैठकले गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने कुराको निर्णय गरी सकेको बतए ।

यसैबीच लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले हेलिकोप्टरको पैसा गाउँपालिकाले व्यहोरेको बताए । ‘कसले फोन गरेर हेलिकोप्टर आयो भन्ने कुरा ठूलो होइन, पीडितले राहत पाउने कुरा मुख्य हो । हेलिकोप्टरमा राजनीति नगरौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment