Comments Add Comment

स्पेनमा महर्जन बने आल्तिया टेवल टेनिस च्याम्पियन

१७ जुलाई, कोष्टा ब्लान्का । पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी गोपाल महर्जन आल्तिया नेशनल टेवल टेनिस कन्सोलेसन च्याम्पियन बनेका छन् ।

आल्तिया ओपन टेबल टेनिस च्याम्पियनसीप अन्तर्गत महर्जन कन्सोलेसन च्याम्पियन बनेका हुन् ।

स्पेनको कोष्टा ब्लान्का स्थित पर्ने आल्तीय सहरमा हालै सम्पन भएको प्रतियोगितामा १ सय जना प्रतियोगीहरुबाट महर्जन उत्कृष्ट बने । महर्जनले आल्तिया नेशनल कन्सोलेसन च्याम्पियनको उपाधिसँगै उत्कृष्ट खेलाडीको उपाधी समेत हात पारेका छन् ।

महर्जनले यसअघि नेपालका लागि सार्क खेलमा पदहरु समेत दिलाएका थिए ।

सन् १९९९ देखि नेपालको राष्ट्रिय टिमबाट खेलेका उनले सन् २००४ मा पाकिस्तान र सन् २००६ मा श्रीलंकामा सम्पन्न भएका सार्क खेलमा नेपालका लागि कास्य पदक दिलाएका थिए ।

यता ११ वर्षदेखि स्पेन बस्दै आएका महर्जन अहिले पनि खेलमा सक्रिय रहेका छन् ।

ठमेलको गल्को पाखा स्थायी घर भएका महर्जनले १९८९ देखि राष्ट्रिय स्तरबाट नै टेबल टेनिस सुरु गरेका हुन् ।

गोरखा दक्षिण बाहुद्वारा सम्मानित महर्जनले उत्तर कोरिया, भारत र श्रीलंका बाट टेबल टेनिसको प्रशिक्षण लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment