मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

जुगु काण्डः महान्यायाधिवक्ताले मिसिल लुकाएको एमाले सांसदको आरोप

अनलाइनखबर

२ साउन, काठमाडौं । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने एमालेका तीनजना सांसदले महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जुगु काण्डको मुद्दाको फाइल नै गायब पारेको आरोप लगाएका छन् ।

सांसदहरु पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले सोमबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारवादी मुद्दामा महान्यायाधिवक्ता नै ‘हत्यारा’ जोगाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको वैशाख २६ गते माओवादी कार्यकर्तासँग भएको भडपमा मृत्यु भएको थियो । परिवारको किटानी जाहेरीपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । तर, अन्य आरोपी फरार रहेकै बेला जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा छाडेको थियो ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले त्रुणीपूर्ण आदेश दिएको भन्दै न्यायपरिषदले उनीमाथि छानविन थालिसकेको छ । यो मुद्दाको फाइल समेत सचिवालयमा पुगेको छ ।

आदेश चित्त नबुझी माथिल्ला तहको सुनुवाईका लागि प्रयास गर्ने सरकारी वकिललाई महान्यायाधिवक्ताको आदेशबाट रोकिएको आरोप एमाले सांसदहरुको छ ।

कुलबहादुर तामाङको हत्या कस्ले गर्‍यो ? दिलबहादुर बुढाथोकीलाई गमभीर घाइते कसले बनायो ? हत्यारा को हो ? आक्रमणकारी को हो ? सरकारले हामीलाई बताइ दिनपर्‍यो, हाम्रो भनाइ यत्ति नै हो,’ पत्रकार सम्मेलनमा सांसद पशुपति चौलागाईंले भने ।

महान्यायाधिबक्ताले आफै पुनरावलोकनमा लैजानु पर्ने सरकारवादी मुद्दालाई रोकेर पदीय दुरुपयोग मात्रै नभई नैतिकता र पेशाबिरोधी काम गरेको आरोप सांसद गुरुङले लगाए ।

२०७४ साउन २ गते १५:१७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:३१

    कामरेडहरु पनि अचम्मका लाग्छन,

    हत्या गर्ने को सबैले चिनेकै होलान,

    बिपक्षीमा हुँदा यो र त्यो भनेर औला ठड्याउछन,

    आफु सत्तामा पुग्यो,

    अनि चुप !

    मदन-आश्रित दुर्घटना बारेमा,

    एमाले मौन बसेको सन्दर्भ सम्झदा l

    8
    15
    Share

  • Subash लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:००

    Hatyara lai karbahi hos salute to respected member of parliament dolakha

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this