Comments Add Comment

जुगु काण्डः महान्यायाधिवक्ताले मिसिल लुकाएको एमाले सांसदको आरोप

२ साउन, काठमाडौं । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने एमालेका तीनजना सांसदले महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जुगु काण्डको मुद्दाको फाइल नै गायब पारेको आरोप लगाएका छन् ।

सांसदहरु पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले सोमबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारवादी मुद्दामा महान्यायाधिवक्ता नै ‘हत्यारा’ जोगाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको वैशाख २६ गते माओवादी कार्यकर्तासँग भएको भडपमा मृत्यु भएको थियो । परिवारको किटानी जाहेरीपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । तर, अन्य आरोपी फरार रहेकै बेला जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा छाडेको थियो ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले त्रुणीपूर्ण आदेश दिएको भन्दै न्यायपरिषदले उनीमाथि छानविन थालिसकेको छ । यो मुद्दाको फाइल समेत सचिवालयमा पुगेको छ ।

आदेश चित्त नबुझी माथिल्ला तहको सुनुवाईका लागि प्रयास गर्ने सरकारी वकिललाई महान्यायाधिवक्ताको आदेशबाट रोकिएको आरोप एमाले सांसदहरुको छ ।

कुलबहादुर तामाङको हत्या कस्ले गर्‍यो ? दिलबहादुर बुढाथोकीलाई गमभीर घाइते कसले बनायो ? हत्यारा को हो ? आक्रमणकारी को हो ? सरकारले हामीलाई बताइ दिनपर्‍यो, हाम्रो भनाइ यत्ति नै हो,’ पत्रकार सम्मेलनमा सांसद पशुपति चौलागाईंले भने ।

महान्यायाधिबक्ताले आफै पुनरावलोकनमा लैजानु पर्ने सरकारवादी मुद्दालाई रोकेर पदीय दुरुपयोग मात्रै नभई नैतिकता र पेशाबिरोधी काम गरेको आरोप सांसद गुरुङले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment