Comments Add Comment

राजपा नेताले भने- हामी एकढिक्का छौं

२ साउन, भैरहवा । राष्ट्रिय जनता पार्टी नेपालले पार्टी फुटको संघारमा नरहेको बताएको छ । सोमबार राजपाले भैरहवामा पत्रकार सम्मेलन गरी फुट्न लागेको भनेर बिभिन्न सन्चार माध्यमहरुमा आएका समाचारहरुको खण्डन गरेको हो ।

आइतबार भैरहवामा राजपाका नेताहरुको बैठक बसे पश्चात केही सञ्चारमाध्यमहरुले राजपा फुटको संघारमा रहेको भन्दै समाचार प्रकाशित गरेका थिए ।

सोमबार पत्रकार सम्मेलन गर्दै राजपाका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव -गुल्जारी)ले भने, ‘त्यस बैठकलाई लिएर जुन संचारमाध्यमहरुमा कल्पोकलपित समाचारहरु आयो त्यसको हामी खण्डन गर्छौं । त्यसमा कुनै सत्यता छैन । हामी एक ढिक्का छौं र हामीलाई फुटाउन खोज्नेहरु आफै फुट्नेछन् ।’

आइतबारको बैठक पार्टीको निर्णय वा निर्देशनमा नबसेको बताउँदै उनले स्थानीय स्तरका नेताहरु ५ नम्बर प्रदेशमा सम्पन्न निर्वाचनको विषयमा छलफल गर्न बसेको दावी गरे ।

उनले भने, ‘हिजोको बैठकमा म आफै उपस्थित थिएँ र पार्टीको निर्देशन अनुसार हिंजोको बैठक थिएन । हामी यसै क्षेत्रका नेताहरु थियौं । सम्पन्न भएको निर्वाचनको विषयमा आफूहरु छलफल गर्नका लागि बसेका थियौं । पार्टी फुट्ने फुटाउने विषयमा त्यस्तो केही छलफल नै भएको थिएन । अफवाह मात्रै फैलाइएको छ ।’

राजपाका अर्का केन्द्रीय उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले पनि अनलाइनखबरसँग टेलिफोनमा कुराकानी गर्दै पार्टी फुटको संघारमा नरहेको बताए । उनले बाहिर हल्ला आए जस्तो पार्टी फुट्ने विषय अफवाह मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment