Comments Add Comment

साराको नजरमा निखिल ‘रोमान्टिक’ हिरो(भिडियाे)


नायक निखिल उप्रेतीको परिचय नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन नायक’को रुपमा छ । निखिल भन्ने वित्तिकै ७ तलाबाट हाम फाल्ने, जस्तोसुकै जोखिममा पनि एक्सन गर्न सक्ने नायकको रुपमा चिनिन्छन् ।

तर, अब निखिलको परिचय फेरिने भएको छ । नायक निखिल उप्रेती अब एक्सन होइन, रोमान्टिक नायकको रुपमा परिचित हुने भएका छन् ।
नायक निखिल उप्रेतीलाई चलचित्र ‘रुद्र’की नव-नायिका साराले रोमान्टिक नायकको उपाधी दिएकी छिन् । मिडियासँगको भेटघाटका क्रममा साराले भनिन्-‘मलाई निखिल उप्रेती रोमान्टिक हिरो लाग्यो ।’ निखिलले पनि साराको जवाफमा थप्दै भने-‘म पनि यही नै सुन्न चाहन्थेँ ।’

साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्र’का मुख्य कलाकार निखिल उप्रेती, सारा र विश्व शर्माले चलचित्र राम्रो भएको बताए । निर्माता समेत रहेका निखिलले भने-‘यो चलचित्रले प्रेमको कुरा भन्छ । एउटा केटाले एउटी यूवतीलाई मन पराएपछि उसलाई पाउने चाहना राख्नु स्वभाविक नै हो । यसमा साराका लागि विश्व र मविच हुने युद्धको कथा छ ।’ यो चलचित्रमा निखिल खलपात्रको रुपमा देखिएका छन् ।

किन ‘भिलेन’ बन्नु भएको भन्ने प्रश्नमा उनले भने-‘यसमा भिलेन भन्दा पनि नेगेटीभ प्रेमीको रुपमा म छु । रावणले सिता हरण नगरेको भए उनी पनि राम्रो मानिसको रुपमा चिनिन्थे । हामीले, रामलाई मात्र यो बिषयमा सोध्यौ, रावणलाई सोधेनौ । यसैले, रावण नराम्रो लागेको हो ।’
नव-नायक विश्वले निखिल उप्रेती जस्तो कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताए । चलचित्रले एउटा यूनिक प्रेमकथा देखाएकाले २ घन्टा १५ मिनेट पूर्ण रुपमा मनोरञ्जन दिन सफल हुने विश्वको वुझाई थियो ।

साराले यो एउटा मसलेदार चलचित्र भएको भन्दै २ घन्टा दर्शकलाई मनोरञ्जन दिने बताइन् । यस्तै, वितरक गोपाल कायस्थले साउन १३ गते शुक्रबार चलचित्रले हाउसफूल व्यापार गरेको खबर दिन आफू आतुर रहेको सुनाए । कलाकार ज्याक श्रेष्ठले ‘रुद्र’लाई निखिल उप्रेतीको आजसम्मकै उत्कृष्ट चलचित्र भएको बताए ।

रामजी लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा एक यूवतीका लागि दुइ यूवकविच हुने द्धन्द्धको कथा उठान गरिएको छ । सारा र विश्वको प्रेममा निखिल भिलेन बनेका छन् । निखिलको यो अवतार दर्शकका लागि प्रतिक्षामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment