Comments Add Comment

अश्लेषाको प्रेममा तड्पिए प्रदिप


प्रदर्शनका लागि केही दिन मात्र बाँकी रहेको समयमा चलचित्र ‘प्रेमगीत २’को  स्याड गीत सार्वजनिक भएको छ । ‘न त हाँस्न नै सके’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्काको प्रेम पीडा देखाइएको छ । यो चलचित्र साउन १३ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो गीतमा सागर संसार राइको स्वर, एलिस कार्कीको संगीत र मनिषा खड्काको शब्द छ । पीडा बोल्ने यो गीतलाई दर्शकले रुचाउने विश्वास लिन सकिन्छ ।

प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन फिल्मसद्धारा निर्मित यो चलचित्रको छायांकन नेपाल, थाइल्यान्ड र म्यानमारमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment