शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

संगीतकर्मीबाट गायक बुद्धिकृष्णलाई ६ महिनाको औषधि खर्च सहयोग

काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार

अनलाइनखबर

२ साउन, काठमाडौं । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषबाट लोक गायक बुद्धिकृृष्ण लामिछानेलाई थप २२ हजार २६३ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । सोमबार बसेको संघको बैठकले लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधि खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यसअघि कोषका तर्फबाट लामिछानेलाई नगद १५ हजार १ सय रुपैयाँ सहयोग गर्दै १ वर्षको औषधि खर्च ब्यहोर्ने प्रतिबद्धता गरिएको थियो ।

भक्तपुरको बागेश्वरी घर भएका बुद्धिकृष्ण लामिछाने प्यारालाइसिसबाट पीडित छन् । उनले ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’, ‘पिँढिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ लगायतका चर्चित गीत गाएका छन् ।

निरज कुमारलाई पनि सहयोग

त्यसैगरी संगीतकार निरज कुमारलाई पनि थप ११ हजार ३८६ रुपैयाँ औषधी खर्च सहयोग गर्ने निर्णय भएको छ । क्यान्सर पीडित निरजलाई यसअघि पनि कोषबाट उपचारका लागि २० हजार सहयोग गरिएको थियो ।

बैठकले भक्तराज आचार्य फाउण्डेशनका लागि नैतिक समर्थन गर्दै फाउण्डेशनलाई अगाडि बढाउन आवश्यक पर्ने सबै साथ र सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी हाल अमेरिकामा रहेका एकजना नेपाली भाषी भुटानीले नेपाल, नेपाली र नेपाली संगितकर्मीलाई सामाजिक सञ्जाल मार्फत अपमान गरेको भन्दै खेद ब्यक्त गरेको छ ।

राकेश काफ्ले नाम गरेका ति ब्यक्तिलाई सामाजिक र सांगितिक बहिस्कार गर्ने निर्णय गर्दै बैठकले उनका कुनैपनि सांगितिक सृजना नेपालभित्र उत्पादन, प्रकाशन प्रसारण हुन नदिने जनाएको छ ।

कल्याणकारी कोषमा ८ लाख ८० हजार जम्मा

यसैबीच संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिनासम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिनासम्म कोषमा ८ लाख ८० हजार ४२९ रुपैयाँ ८ पैसा जम्मा भएको जानकारी दिइएको हो ।

संगीतकर्मीहरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिए ।

विबरण सार्बजनिक गर्ने अघिल्लो दिन इन्टर नेशनल इन्स्िटच्युट अफ मेडिकल साइन्सका तर्फबाट गीतकार जिपी ढुङ्गेल र ब्यबसायी एबं समाजसेवी रविनदाश श्रेष्ठले ४ लाख ५३ हजार रुपैयाँकोषलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

२०७४ साउन २ गते १७:३५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • राकेश काफ्ले लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:४०

    भ्रष्टहरूको अगि मेरो सिर्जनाहरूको बलिदानी गर्न सकिन…..बरू यो निर्णय हिर्दयबाटै स्वीकार छ मलाई👇👇👇
    धम्काउदै मागेको सहयोग नदिदा “संगीतकार संघ नेपालले” मलाई बहिस्कार गर्दै मेरा कुनै पनि सिर्जनाहरू नेपालबाट उत्पादन हुन नदिने निर्णय गरेछ….यसलाई स्वीकार छु,मलाई कुनै आपत्ति छैन।”संगीतकार संघ नेपाल”त के संसारका कुनै पनि शक्तिले सिर्जनशिल हातहरू चाएर पनि बाध्न सकेको इतिहास र प्रमाण छैन्।सिर्जनाहरू कसैले स्वीकारदा राम्रो नस्वीकारदा नराम्रो हुने भन्ने कुरामा म बिश्वास गर्दिन।पैसा तिरेर सम्मानित हुन चाहिन नत्र अहिले योही मिडियामा (लोकराज अधिकारले चलाएको मिडिया) मेरो गलामा फूलको माला,हातमा सम्मान पत्र बोकेको तस्विर हुने थियो। त्यसरी सिर्जनाहरू मार्नु भन्दा कथित जुण्डाहरूबाट बहिष्कृत भएकोमा मलाई स्वर्गिया आनन्द मिलेको छ।मेरो शिर अज उच्च भएको अनुभूति भएको छ।
    नेपाली भाषा-साहित्य नेपाली जातीको साझा सम्पति हो। संसारको जुनै कुनामा रहेनी आफ्नो भाषा,साहित्य,गीत-संगीतको लागि सकेसम्म मनैबाट लागि पर्ने छु। फेरी पनि म कालोलाई कालो र गोरोलाई गोरो भन्न छाड्दिन।कलाकारिता छेत्रका धमिरा बसन्त सापकोटा र लोकराजलाई बिशेष धन्यबाद।
    जय गीत जय संगीत🙏🙏🙏🙏

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this