Comments Add Comment

बाढीको जोखिममा डोल्पा सदरमुकाम दुनै

जोखिम न्यूनिकरण गर्ने भन्दै करोडौँ खर्च भयो तर त्रास उस्तै

२ साउन, डोल्पा । जिल्लाको सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा परेको छ ।

दुनै बजारको छेउमै रहेको भेरी नदीमा दैनिक झण्डै साँढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानीको बहाव बड्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम परेको हो ।

समून्द्री सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनी वर्षायामको समयमा उच्च जोखिममा रहने गरेतापनि दीगो हिसाबमा जोखिम न्यूनिकरणका लागि कसैको ध्यान जान सकेको छैन् ।

सुख्खा भू-भाग रहेको दुनैमा पानी कम पर्ने गरेतापनि उच्च हिमाली भु-भागबाट हिँउ पग्लेर पानी धेरै आउने भएको कारण वर्षायाममा दिनहुँ भेरीनदीको बहाव उच्च हुने गरेको स्थानीय बजारबासी योगेन्द्र बुढाले बताए ।

२ हजार ७ सय जनसङ्ख्या रहेको सदरमुकाम दुनैमा बजारबासीहरु बर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको बुढाको भनाइ छ ।

दैनिक भेरी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीयहरु बारम्बार त्रसित हुने गरेका छन । चारैतिर उच्च पहाड र सुख्खा पाखाहरु भएको कारण ती नाँङ्गा पाखाहरुबाट उत्याधिक पानी परेको अवस्थामा बाढी पहिरो आएमा दुनैको बजार पूरै खतारमा पर्ने भन्दै स्थानीय ओम रोक्का मगरले चिन्ता ब्यक्त गरे ।

समयमै विपत् न्यूनिकरण गर्न दीर्घकालिन रुपमा नसोच्ने हो भने सदरमुकाम दुनैमा ठूलो घटना हुनसक्ने मगरको भनाइ छ ।

दुनैका स्थानीयहरुले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरिनदी को छेउबाटै तटबन्धन गरेर भएपनि घर बनाउने कार्य जारी राखेका छन् ।

हिँउदमा त्यसरी बनाइएका घरहरु धेरै जोखिममा पर्ने गरेका छन् । वर्षातको समयमा पानीको मात्रा बडेसँगै नदी किनारामा जग भएका झन्डै ७० घरहरु बाढीको उच्च जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् ।

किनारमा भएका घरहरु जोखिममा भएकाले त्यसरी जोखिम मोलेर बसोबास नगर्ने प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले आग्रह गरे ।

करोडौं खर्च, समस्या उस्तै

सदरमुकामको पूरै वस्तिहरु जोखिममा भए पछि संरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले बिभिन्न ठाँउमा भेरी नदीको किनारामा तटबन्द गर्ने काम गरेको छ ।

हरेक वर्ष वर्षामा पानीको बहाव बढ्ने र पानीले क्षय गर्दै जाने भएकोले दुनैका स्थानीयले खतरा मोल्न बाध्य हुनुपर्ने र त्यसबाट केही हदसम्म भएपनि संरक्षणको प्रयास गर्ने गरेको जल उत्पन्न प्रकोप नियन्त्रणका प्राबिधिकहरुले बताए ।

‘दुनै बजारको जोखिम न्यूनिकरणका गर्ने भन्दै अहिलेसम्म करोडौँ रकम खर्च भईसकेको छ । तर, पनि त्यहाँको जोखिम जस्ताको तस्तै छ । उचित अनुगमनको अभाव तथा अपनत्वको भावना नहुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको छ” जनसरोकारका बिषयमा काम गर्दै आएको संस्था ‘मिसन नेपाल’ डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भने ।

विपत ब्यबस्थापन गर्ने नाउँमा विभिन्न समिति गठन गर्दै करोडौँ रकम घोटालाहुँदा सम्बन्धित निकाय मौन रहनु गम्भीर चासोको विषय भएको अध्यक्ष केसीको भनाइ छ ।

रामचन्द्र न्यौपाने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment