Comments Add Comment

उकुषाले जितिन् ‘मिस एसिया नेपाल’को उपाधि


काठमाण्डौमा आयोजना भएको ‘मिस एसिया नेपाल, २०१७’को उपाधि उकुषा गिरीले जितेकी छिन् । विभिन्न टीभीसीमा काम गरिसकेकी उकुषालाई यसअगाडिकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिएकी थिइन् । उकुषाले ‘मिस एसिया नेपाल, २०१७’को उपाधि जितेवापत आगामी असोज महिनामा श्रीलंकामा आयोजना हुने ‘मिस एसिया ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

उनलाई उपाधि वापत नगद ५० हजार सहित विभिन्न म्यूजिक भिडियो, टीभीसीमा खेल्ने अवसर प्रदान गरिने आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरटेन्मेन्टले बताएको छ ।

उकुषाले मिस एसिया नेपाल २०१७ को टाइटल सहित मिस पर्सनालिटीको उपाधि पनि जितेकी छिन् । मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, ब्यबसायी तथा कलाकार रचिता क्षेत्री र पूर्व मिस अरोमा चितवन इशा प्रधानले विभिन्न चार राउण्डमा प्रतियोगीहरुको प्रस्तुतिको मूल्यांकन गर्दा मूख्य बिजेताका रुपमा उकुषा गिरीको नाम घोषणा गरेका हुन् ।

प्रतियोगितामा काभ्रेपलान्चोकर्की परिक्षा बिष्ट फस्ट रनर अप अप भइन् भने जानकी श्रेष्ठ मिस पपुलर र मिस बेस्ट ड्रेससहित सेकेन्ड रनर अप भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment