Comments Add Comment

अग्नि ग्रुपको इटहरीमा नयाँ क्षेत्रीय कार्यालय

२ साउन, काठमाडौं । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ ।

महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जकाटु हृवीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुनेछन् ।

ईटहरी स्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवातथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले गरेका थिए । शर्माले भने “कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्दि्रत नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्व सुलभतातर्फ पनि विशेष ध्यान केन्दि्र्रत हुन्छौं ।’

सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयर पार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनुकम्पनीकोप्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment