शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

न्यायाधीश उपचारका लागि अमेरिका जाने भएपछि भरतपुर प्रकरण अझै लम्बियो

अनलाइनखबर

२ साउन,काठमाडौं । पटक-पटक पेशी तोकिएर स्थगित भएको भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो ।

सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए ।

उनले भरतपुर महानगरपालिकाको मतगणनास्थल अनाधिकृत कब्जा नभएको र ऐन पढेर मतपत्र च्यात्ने अपराध गरिएको जिकिर गरेका थिए ।

उनले प्रहरीको प्रतिवेदनमा पनि कब्जा भएको नभनिएको र निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पनि तत्काल दिएको बयानमा कब्जा नभनेको हुनाले अदालतले भविष्यमा यस्ता घटना हुन नदिन पनि ब्याख्या गरिदिनुपर्ने जिकिर गरे ।

सोमबार बहस नसकिएकाले अब अर्को सुनुवाई साउन ८ गते हुने भएको छ ।

न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा रिट परेको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।

२०७४ साउन २ गते १७:२८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • रामहरि शर्मा लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:४७

    अदालत जस्तो सम्मानीत सस्थाबाट यस्तो असुहाउदो तर्क आएपछि कसमाथी भरोसा गर्नु हामिले।

    1
    0
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:१३

    देशलाई समयमै कानूनी उपचार नदिएर,

    रोगी बनाउनेहरु,

    आफ्नो स्वास्थ्यको त चिन्ता गर्दरहेछन त l

    1
    0
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १९:३०

    yeniharjo ta biswo nai hansaiskey ta LOL 😀 😀 KAti hansu

    0
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १०:१८

    न्यायाधीश उपचारका लागि अमेरिका जाने
    Whow!!
    Nepali are very good in economic position, that they are able to go to US for treatment !!
    Only in my village people are poor I think!!

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this