मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com

ढलमा बगेर बाँचेकी सत्याले मेयरसा’बलाई भनिन्-मोनोरेल अघि सडक बनाउनुस् !

अनलाइनखबर

२ साउन, काठमाडौं । शुक्रबार सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी स्कुले विद्यार्थी सत्या सापकोटालाई भेट्न काठमाडौंका मेयर विद्यासुन्दर शाक्य  र उपमेयर हरिप्रभा खड्गी उनको घरमा पुगे ।

सामाखुसीस्थित आफ्नै निवासमा आइपुगेका मेयर उपमेयरलाई सत्याले सडकको अवस्था सुधार गर्न सुझाव दिइन् । ‘तपाईंहरुले मानोरेल चलाउँछु भन्नुभएको छ, त्योभन्दा पहिला भताभुंग सडक बनाउनुस्,’ सापकोटाले मेयर शाक्यलाई भनिन्, ‘हामी सधैं हिँड्ने बाटोमै मर्नुपर्ने भयो ।’

काठमाडौं महानगरका मेयर शाक्यले सडक र ढलको निर्माण र मर्मतमा विशेष ध्यान दिने बताए । ‘विकासका लागि मोनोरेल पनि चलाउनै पर्छ । प्राथमिकतामा सडकलाई राख्छौं,’ शाक्यले सत्यालाई जवाफ दिए ।

उनले सत्यालाई एक लाख रुपैयाँ बराबरको जीवन बीमा महानगरपालिकाले गर्ने घोषणा पनि गरेका छन् ।

सत्याको घरमा जम्ममा भएका अन्य बालबालिकाले पनि सडकमा निस्कनै डर लाग्ने अवस्था आएको गुनासो सुनाए । उनीहरुले आफूले भोट नहालेपनि अभिभावकले नै भोट हालेर जिताएकाले जनप्रतिनिधिले बालबालिकालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका थिए ।

काठमाडौं महानगरपालिकाले महाराजगञ्जदेखि बालाजुसम्मको ढल ब्यवस्थापनबारे अध्ययन गर्न २ जना इञ्जिनियर खटाएको छ । पानी जम्ने कारण पत्ता लगाएर समाधानका लागि काम गर्ने महानगरको योजना छ ।

मेयर शाक्यले सोमबार नै ढलमा बगेर मृत्यु भएकी तारकेश्वर नगरपालिकाकी बालिका विनिता फुयाँलको परिवारसँग पनि भेट गरेका छन् ।

भेटका क्रममा विनिताका बाबुले छोरीको मृत्युको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न गरेका थिए । तारकेश्वर नगरपालिकाका मेयरसँगै त्यहाँ पुगेका मेयर शाक्यले घटना दुःखद भन्दै महानगरले तत्कालका लागि विनिताको परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने बताए ।

तारकेश्वर नगरपालिकाले पनि विनिताको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस् 

राजधानीको ज्यानमारा सडकः विनिताको ज्यानै गयो

२०७४ साउन २ गते १९:०८ मा प्रकाशित (२०७४ साउन ३ गते ७:०२मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Sanu Nepali लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:०३

    फोटो ग्राफर लाइ थाहा छ कि बच्चा हिड्न लागेर को ठाउँ मा खाल्डो छ र त्यो बच्चा खाल्डो मा खसेर भेल मा बग्छ भनेर तर अचम्म को कुरा यहाँ छ कि त्यो फोटो ग्राफर ले किन बच्चा लाइ तत्काल खबरदारी गरेन ?

    6
    3
    Share

  • Jayany लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २०:२०

    Kasto ananda

    Chor haru

    3
    0
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २१:०८

    Bacheki baalikalai ek laakh ko bima thikai chha tara mrityu vayeki baalika ko pariwarlai 25ooo matra….shameful!!

    10
    0
    Share

  • beast लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २१:४१

    koi karya kata lai lakhaun ani jaba kathmandu bashi lai 25 hajar sakka wah mula neta

    2
    0
    Share

  • kabindra लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ९:३३

    Shakya sir le kehi garnu huncha . kathmandu ko laage. maile bhujhisake.

    5
    6
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते १०:२२

    Kathamandu first priority is drainage, waste management, and maintaining cleaningness. If current mayor could have shown his capacity to manage these top most priorities than he will be voted for another 3 terms.

    5
    0
    Share

  • sita sarma लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:२४

    Neta haru ko pani lahely budde auny ho kunni rajdhani ko yasto asta bysta sadakl ly dhayan dina

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this