बिहीबार, ५ साउन, २०७४
OnlineKhabar.com

सूर्नया नदीमा बेपत्ता युवा मृत फेला

अाषिश मल्ल

२ साउन, डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सूर्नया नदीमा डुबेर बेपत्ता भएका राजबहादुर मल्ल ३ दिन पछि सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गत शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका डडेलधुराको अजयमेरु गाउँपालिका-६ राजुलका ३३ वर्षीय मल्लको शव ३ दिनपछि फेला परेको हो ।

माछा मार्ने क्रममा चिप्लिएर बेपत्ता नदीमा बेपत्ता भएका मल्लको शव बगेको स्थानबाट केही तल स्थानीयहरुले भेट्टाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

२०७४ साउन २ गते १८:०० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this