Comments Add Comment

लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी, कर्मचारी थुनिए

३ साउन, काठमाडौं । चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् ।

सर्भर विग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्राहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । केहीबेर एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् ।

चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्भर विग्रियो ।

सर्भर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ ।

मंगलबार पनि सर्भरमा समस्या आएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्भर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस्
किन सधैं बिग्रन्छ यातायातको सर्भर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment