Comments Add Comment

६७ वर्षीया वृद्धाको आँखाभित्र फसे २७ वटा लेन्स, डाक्टर अचम्मित

आजकल आँखामा दृष्टिको समस्या भएका मानिसहरुले चस्माको साटो कन्ट्याक्ट लेन्स लगाउन मन पराउँछन् । तर यसरी कन्ट्याक्ट लेन्स लगाउँदा कहिलेकाहीँ डरलाग्दो घटना हुँदो रहेछ ।

एकजना महिलाको आँखामा कन्ट्याक्ट लेन्स फसेको छ । त्यो पनि एक दुईवटा कहाँ हो र ? पूरै, २७ वटा !

अहिले बेलायतकी एक वृद्धा आँखामा २७ वटा कन्ट्याक्ट लेन्स फसेको घटनाबाट खुबै चर्चामा छिन् ।

ती महिलाको हालै आँखाको सर्जरी हुनेवाला थियो । यस्तैमा उनी आँखाको जाँच गराउनका लागि बर्गिङघम नजिकैको सोलिहुल अस्पतालमा गइन् । जब उक्त अस्पतालमा डाक्टरहरुले उनको आँखाको चेकजाँच गरे, तब डाक्टरहरु नै अचम्मित भए ।

उनको आँखाभित्रबाट डाक्टरहरुले सुरुमा १७ वटा र पछि १० वटा कन्ट्याक्ट लेन्स अडि्कएको अवस्थामा फेला पारे । जसका कारण उनको आँखाको शल्यक्रिया हालका लागि रोकियो ।

ती महिलाले विगत ३५ वर्षदेखि डिस्पोजेबल कन्ट्याक्ट लेन्स लगाउँदै आएकी थिइन् । त्यसक्रममा उनलाई कहिल्यै कुनै समस्याको अनुभुति भएन । उनले यसबीचमा कुनै आँखा विशेषज्ञसँग पनि परामर्श गरिनन् । डिस्पोेजेबल कन्ट्याक्ट लेन्स लगाइरहँदा र आँखाभित्र २७ वटा लेन्स अडि्कँदा पनि उनलाई खासै ठूलो समस्या भएन । आँखा अलिअलि दुखेको भएपनि उनले बुढेसकालको दुखाई भन्ठानेर सहिन् ।

आँखामा हुने जलविन्दु तथा मोतियाविन्दुका कारण आँखा दुखेको होला भनेर उनी मोतिविन्दुको शल्यक्रिया गर्ने निधोमा पुगेकी थिइन् । तर चेकजाँच गर्दा त आँखामा मोतिविन्दु र जलविन्दु भन्दा पनि २७ वटा लेन्स अडि्कएको अवस्थामा रहेको डाक्टरहरुले फेला पारे ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment