Comments Add Comment

एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो ? अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् ।

५२ वर्षका कार्टन विलियम्स नामक पुरुषले एक घण्टामा २६ सय ८२ पटक पुसअप गरेर दुनियामै सबैभन्दा धेरै पुसअप गर्ने मानिसको कीर्तिमान कायम गरे ।

अझ रोचक त के भने उनले आफ्नै पूरानो रेकर्ड तोडेका हुन् । उनले सन् २०१५ मा एक घण्टामा २२ सय २० पटक पुसअप गरेर कीर्तिमान राखेका थिए । यो पटक चाहीँ उनले पहिलेको भन्दा साढे चार सय पटक धेरै पुसअप गरे ।

विलियम्स अस्ट्रेलियाको एक निर्माण कम्पनीमा काम गर्छन् । उनको यो कीर्तिमान कायम गरेसँगै उनका फ्यानहरु ह्वात्तै बढेका छन् । उनको पुसअपको भिडियो सोसल मिडियामा लाखौँ मानिसले हेरिसकेका छन् ।

भिडियोमा उनले लगातार पुसअप गरिरहेका छन् । बीचबीचमा केही सेकेण्ड मात्र आराम गर्छन् र पुनः पुसअप सुरु गर्छन् ।

उमेर ढल्किएपछि उनी कुनै लक्का तन्नेरीभन्दा कम छैनन् र उनकेा त्यो किर्तिमान तोड्ने हिम्मत कुनै तन्नेरीले गर्न सकेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment