Comments Add Comment

पर्दामा सफ्ट, बेल्जियममा हट गरिमा


नायिका गरिमा पन्तले आफ्नो करिअरमा कुनै पनि विवादस्पद दृश्य चलचित्रमा दिइन् । सार्वजनिक कार्यक्रमदेखि चलचित्रको पर्दामा गरिमा सधै नै सफ्ट बनिन् ।

हुनत, गरिमाले चलचित्र क्षेत्रमा लोभलाग्दो उचाई कहिल्यै पनि पाइनन् । तर, उनले विवादस्पद छवि पनि बनाइन् । चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी गरिमा बोल्ड बन्न चाहिनन् । सायद, उनको यही छविका कारण उनलाई दर्शकले सधै नै फरक ढंगले हेरेका थिए ।
तर, चलचित्रमा कमजोर बन्दै गएपछि गरिमाले सुटुक्क बिहे गरिन् । गरिमाले वेल्जियमा बस्दै आएका व्यापारीसँग बिहे गरेपछि यसले धेरैलाई अचम्मित बनायो ।

उनै गरिमा अहिले सामाजिक संजालमा सक्रिय छिन् । इन्स्ट्राग्राममा गरिमाले राख्ने तस्बिरले राम्रै चर्चा पाउँछन् । केही समय अगाडि उनले नेपाल भ्रमणको तस्बिर राख्दा त्यसले नेपाली मिडियामा उच्च स्थान पाएको थियो ।

उनै, गरिमाले समुन्द्री छालसँग रमाएका तस्बिर पोष्ट गरेकी छिन् । जहाँ, उनी हट अवतारमा प्रस्तुत भएकी छिन् । गरिमाको यो हट अवतारले फेरि पनि इन्स्ट्राग्राममा चर्चा पाइरहेको छ । पर्दामा सफ्ट बनेकी गरिमा बिहेपछि भने हट देखिन थालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment