Comments Add Comment

मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु, ४३ घाइते

३ साउन, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।

डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको बस खानीगाउँमा सडकबाट झण्डै एक सय मिटर तल खस्दा कैलाश गाउँपालिका-६ गोगनेकी ३५ वर्षीया कमला दोङ र डाँडाखर्क- ३ बस्ने ३० वर्षीय कुन्साङ लामा (तामाङ)को मृत्यु भएको हो ।

दोङको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा र तामाङको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ र बाँकी घाइतेहरुको मकवानपुरमै उपचार भइरहेको डिएसपी बामदेव गौतमले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment