Comments Add Comment

डडेलधुरामा फोटोसहितको मतदाता नामावली दर्ता उत्साहजनक

३ साउन, डडेलधुरा । यही साउन १ गतेदेखि फोटोसहितको नामावली दर्ता सुरु भएपछि जिल्लामा उत्साहजनक रुपमा नामावली दर्ता कार्य भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ताका लागि उपस्थित हुने छुटेका मतदाताहरुको संख्या उल्लेख्य देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय डडेलधुराका निर्वाचन अधिकृत कृष्णसिंह नायकले जिल्लामा ४ हजार बढी अझै पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको बताए ।

निर्वाचन कार्यालयमा युवा देखि वृद्धवृद्धाहरु समेत आएर नामावलीमा नामदर्ता गराईरहेको निर्वाचन अधिकृत सिंहको भनाइ छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ ।
त्यसका लागि मतदाता नामावली अध्यावधिक गर्न लागिएको हो ।

मंगलबार अमरगढी नगरपालिका ७ की ७५ वर्षीया गौरीदेवी भट्टराईले जिल्ला निर्वाचन कार्यालयमा आएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकी छिन् । उनले भनिन् ‘मसंग पुरानो परिचय पत्र थियो,’ तर, त्यो परिचय पत्रले स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाइएन्, त्यहीभएर फेरि गराए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment