Comments Add Comment

झुण्डिएको अवस्थामा शव फेला, शंकास्पद एक जना पक्राउ

३ साउन, दार्चुला । नौगाढ गाउँपालिका-४ सिप्टीमा एक व्यक्तिको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

सोही ठाउँका अन्दाजी ४८ वर्षे गोरे ठगुन्ना मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

घरबाट करिब डेढ सय मिटर उत्तर पश्चिममा रहेको एउटा रुखमा झुन्डिएको अवस्थामा फेला परेका मृतक ठगुन्नाको टाउकोमा चोट समेत लागेकाले हत्या गरिएको हो या आत्महत्या हो भन्ने एकिन नभएको प्रहरी चौकी सिप्टीका प्रहरी हवल्दार देवसिँह महरले बताए ।

अनुसन्धानका लागि सोही ठाउँका पानसिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेका बेला हिजो दुबैजनाबीच झगडा भएको स्थानीयहरुले बताएका छन् ।

साथै मृतकको टाउकोमा घाउ र पक्राउ परेका ठगुन्नाको हातमा सामान्य चोट लागेकाले सोधपुछका लागि ठगुन्नालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनसुन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षक बीरभद्र खडायतको प्रहरी टोली घटना स्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment