Comments Add Comment

दार्जीलिङका घाइतेको उपचार नेपालमा

३ साउन, झापा । दार्जीलिङमा गोर्खाल्याण्ड राज्यको मागसहित भइरहेको आन्दोलनका क्रममा सोमबार राति मिरिकमा झडप हुँदा गम्भीर घाइते भएका एकजनालाई नेपालीले उद्दार गरेका छन् ।

पश्चिम बंगालको सत्तारुढ त्रिणमूल कांग्रेसका कार्यकर्ता र गोर्खाल्याण्ड पक्षधरबीच झडप हुँदा घाइते भएका ३८ वषर्ीय आनन्द तामाङको उद्दार गरिएको हो ।

गोर्खाल्याण्ड पक्षधर उनीमाथि खुकुरी प्रहार भएको थियो ।

‘१०/१५ जनाको समूहमा आएका कांग्रेस कार्यकर्ताले हामीमाथि आक्रमण गरेका थिए’, झापामा उपचाररत उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि अन्य नेपालीको सहयोगमा बचेर आएँ ।’

तामाङलाई सीमा बजार पशुपतिनगरसम्म आइपुगेपछि त्यहाँका नेपालीले बिर्तामोडको बीएण्डसी हस्पिटलसम्म ल्याएका थिए ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनलाई राति ११ बजे अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारमा संलग्न डा. बासु बास्कोटाका अनुसार तामाङको घाँटी र दाहिने हातमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment