Comments Add Comment

मोदी स्त्री शक्ति पुरस्कार लिली थापालाई

३ साउन, काठमाडौं । नेपालकी महिला अधिकारकर्मी लिली थापालाई मोदी स्त्री शक्ति पुरस्कारबाट सम्मानित गरिएको छ ।

एकल महिलाको हकहितका लागि निरन्तर क्रियाशील रहेको भन्दै भारतीय संस्था स्त्री शक्तिले सो सम्मान गरेको हो ।

मानवअधिकारका लागि महिला, एकल महिला समूहले सोमबार काठमाडौंमा आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलको क्रममा सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित ६० जना एकल महिलालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, भुटानलगायत ८ वटा देशका प्रतिनिधिको सहभागिता छ ।

नेपालमा ६ लाखको हाराहारीमा एकल महिला रहेको थापाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment