Comments Add Comment

आजका पत्रिकामा फ्रन्टपेजः कर्णालीको खडेरीदेखि सरकार विस्तारको सहमतिसम्म

४ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

आजको कान्तिपुर दैनिकले कर्णालीको जिल्ला कालिकोटमा खाना र पानी अभाव भएपछि सम्भावित भोकमरीबारेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । फ्न्टपेजमै उसले शेरबहादुर देउवाको सुस्त कार्यशैलीबारे ब्यंग्य गर्दै ठूलो कार्टून पनि प्रकाशित गरेको छ ।

आजको नागरिक दैनिकले निर्वाचन आयोगको गाडी किन्ने विवादास्पद प्रस्तावमाथि अर्थ मन्त्रालयले स्वीकृति दिएको समाचारलाई महत्व दिएको छ । साथै बिदेशमा रहेका नेपाली नियोगहरुको सफ्टवयेर बिगि्रएको समाचारलाई पनि उसले महत्व लिएको छ ।

आजको नयाँ पत्रिका दैनिकले नेपाली बिद्यार्थीको बिदेश मोहबारेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । साथै उसले ‘नागरिकको सम्पूर्ण विवरण एउटै कार्डमा’ शीर्षकको समाचारलाई पनि फ्रन्टपेजमा छापेको छ ।

त्यस्तै अन्नपूर्ण पोस्ट दैनिकले पश्चिम नेपालमा प्रचलित छाउ प्रथाबारेको फलोअप समाचारलाई प्रमुखताका साथ छापेको छ । त्यस्तै भूकम्पपीडितले रकम नपाएको गुनासो गरिरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले भने ४१ अर्ब रुपैयाँ फि्रज गराएको समाचारलाई पनि उसले प्राथमिकता दिएको छ ।

आजको गोरखापत्र दैनिकले काठमाडौंमा मोनोरेल सञ्चालन सम्भव शीर्षकको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment