Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचारः भारतको प्रस्ताव नेपालद्धारा अस्वीकार

४ साउन, काठमाडौं । दक्षिण एसियाली मुलुकमा खुला आकाश नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो ।

एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन -सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो ।

दक्षिण एसियामा खुला आकास नितीका सन्दर्भमा कारोबार दैनिकले भारतको प्रस्ताव नेपालद्धारा अस्वीकारलाई मुख्य समाचार बनाएको छ ।

‘ब्याजदरसँगै सेयर बजार पनि बढ्यो’ शीर्षकको समाचारलाई पनि कारोबारले लेखेको छ । जिएसटीले नेपालको राजस्व बढ्नेछलाई पनि कारोबारले लेखेको छ ।

पाँच वर्षको सेयर विश्लेषणलाई अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएको छ । ६ खर्ब ११ अर्ब राजस्वलाई पनि महत्व दिएको अन्नपूर्णले २२ सय सडकको मोडालिटी अन्योलमा शीर्षकमा अर्को समाचार छापेको छ ।

साउने बजारमा नेप्सेमा हरियालीलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै चालु खाता घाटा कमीले बढायो शोधनान्तर बचत समाचार पनि प्रकाशित छ ।

त्रिशुली थ्री ए जलविद्युत् आयोजना सन्दर्भमा काम सुरु, रकम आएनलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

खाद्यान्नको मूल्य घट्योलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । पाँच वर्षमा राजस्व दोब्बर शीर्षकमा पनि नयाँ पत्रिकाले समाचार छापेको छ ।

अदुवा निर्यातमा भारतीय अड्चनको सन्दर्भमा ६० ट्रक काँकडभिट्टा नाकामा अलपत्रलाई पनि नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment