Comments Add Comment

सान्त्वना जितका लागि आज नेपालले लेवनानसँग खेल्ने

दुर्इ पहेलो कार्डका कारण अञ्जन विष्टले खेल्न नपाउने

४ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ ।

युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुनेछ ।

च्याम्पियनसिप छनौटको समूह डीमा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । युएई र उज्वेकिस्तानको समान ६/६ अंक छ भने लेवनान र नेपालले अंकको खाता खोल्न सकेका छैनन् ।

आज लेवनानसँगको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

आजको खेलमा स्टार मिडफिल्डर अञ्जन विष्ट उपस्थित हुनेछैनन् । यसअघिका दुई खेलमा पहेलो कार्ड पाएका उनी आज खेल्न नपाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment