Comments Add Comment

सफलता सेलिव्रेशन गर्न ‘म यस्तो गीत गाउँछु’ टिम मोफसलमा


शुक्रबारबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बम्पर व्यापार गरेपछि यसको निर्माणपक्ष अहिले निकै खुशी देखिएको छ । मंगलबारसम्मको व्यापारबाटै चलचित्रको लगानी नेपालबाटै सुरक्षित हुने पक्कापक्की छ । निर्देशक सुदर्शन थापा भन्छन्–‘चलचित्र लगानी सुरक्षित गर्ने दौडमा छ । नेपालबाटै चलचित्रले राम्रो नाफा कमाउनेछ ।’

चलचित्र रिलिजको २ दिनमै यसले १ करोड ८० लाखको ग्रस कलेक्शन गरेको आँकडा वितकरहरुले दिएका थिए । चलचित्र सफल भएपछि निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा, कलाकार राजाराम पौडेलको टीम मोफसल दौडमा लागेको छ ।

यो टिमले मोफसलका दर्शकसँग बसेर चलचित्र हेर्ने र सफलता सेलिव्रेशन गर्नेछ । निर्देशक थापाले भने–‘हामी आजबाट काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पुग्दैछौ । पोखराबाट हाम्रो सफलता सेलिव्रेशन सुरु हुनेछ ।’

नायिका पूजा शर्माले काठमाण्डौ बाहिर पनि चलचित्रले राम्रो व्यापार गरेको भन्दै दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा लागेको बताइन् । यो बर्षकै पहिलो सफल चलचित्रको रुपमा दहरिएको ‘म यस्तो गीत गाउँछु’ हेर्न दर्शकको भीड हलमा अझै लोभलाग्दो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment