Comments Add Comment

म्यान्चेस्टर सिटीका गोलकिपर हार्ट लोनमा वेष्टहृयाम गए

काठमाडौं । म्यान्चेस्टर सिटी तथा इंग्ल्याण्डका गोलरक्षक जोय हार्ट लोनमा वेष्ट हृयाम जाने भएका छन् ।

३० वर्षीय यी गोलरक्षककोको चाहना अनुसार सिटीले वेष्ट हृयामका लागि अनुमति दिएको बताइएको छ ।

यो सम्झौतामा किनबेचको कुनै बिकल्प उल्लेख गरिएको छैन र वेष्ट हृयाम आागमी सिजनसम्म हार्टलाई चाहन्छ ।

हार्टका लागि ४.५ मिलियन पाउण्डको लोन सम्झौतामा म्यान्चेस्टर सिटी र वेष्ट हृयाम तयार भएको बताइएको छ ।

म्यान्चेस्टर सिटीसँगको हार्टको अनुबन्ध सन् २०१९ सम्म छ । उनी वेष्ट हृयामको अष्ट्रिया टूरदेखि टिममा समावेश हुन सक्ने बताइएको छ ।

‘मेरा लागि फुटबल खेल्नु महत्वपूर्ण हो, मैले यहाँ आउने मौका पाएँ र यहाँ खेल्नका लागि निक्कै उत्सुक छु ।’ हार्टले भने ।

इंग्ल्याण्डका लागि ७१ क्याप जितेका हार्टले म्यान्चेस्टर सिटीबाट २ पटक पि्रमियर लिग उपाधि जितेका छन् । तर पेप ग्वार्डिओलाको आगमनसँगै उनी टिममा स्थाना बनाउन संघर्षरत छन् ।

लिगका खेलहरुमा हार्ट म्यान्चेस्टर सिटीबिरुद्ध खेल्ने छैनन्, तर ४ अगष्टमा हुने पि्र-सिजन खेलमा भने उनले सिटीबिरुद्ध वेष्ट हृयामका लागि खेल्ने सम्भावना छ ।

९ दिनपछि म्यान्चेस्टर युनाइटेडबिरुद्धको खेलसँगै वेष्ट हृयामले सिजनको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment