Comments Add Comment

इक्वेटेरियल गेनियाको एनआरएन अध्यक्षमा सेढाई निर्वाचित

पश्चिम अफ्रिकी मुलुक इक्वेटरियल गेनियाको गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्षमा कृष्णचन्द्र सेडाई निर्वाचित भएका छन् ।

इक्वेटरियल गेनियाको बाटा शहरमा सम्पन्न प्रथम अधिवेशनमा सेडाईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति दुई वर्षका लागि निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष कमल गौतम, सचिव बिष्णुहरि सेढाईं, कोषाध्यक्ष राजकुमार केसी, सदस्यहरु सुमन बिक, मान बहादुर कार्की, लवकुमार थपलिया, दुतराज लामा र अनिस ल्वागुणलाई निर्विरोध चयन गरिएको थियो ।

सभाले निवर्तमान अध्यक्ष सन्त बहादुर बिष्टलाई गैरआवासीय नेपााली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा इक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिति थियो । गैरआवासीय नेपााली संघ इक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना सन् २०१६ मार्चमा भएको थियो ।

कार्यक्रमको अन्तमा सभालाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष कृष्णचन्ऽ सेढाईले आगामी दिनहरुमा गैरआवासीय नेपााली संघको उद्देश्यहरु प्राप्तीका लागि सबैजना एकजुट भएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment