Comments Add Comment

नेपालका दीप श्रेष्ठ र न्यूयोर्ककी नदिया लिवाङ्गको ‘त्यो पल’

१९ जुलाई, न्यूयोर्क । पछिल्लो समय निकै नै कम गीत गाइरहेका वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ ।

न्यूयोर्क निवासी युवा साहित्यकार नदिया लिवाङ्गको रचनालाई गायक श्रेष्ठले आफ्नो स्वर दिएका हुन् ।

‘त्यो पल’ गीतलाई स्वर र संगीत दिन मात्रै गायक श्रेष्ठले ३ महिना लागेको बताए ।

‘यो त अझ छिटो बनेको हो,’ उनले हाँस्दै भने, ‘मलाई त प्रायः गीत बनाउन कम्तिमा पनि ६ महिना लाग्छ ।’

गीतका रचनाकार नदिया लिवाङ्गलाई पहिलेदेखि नै चिनिरहेको र पछिल्लो समय उनको साहित्यिक पाटो देखेर आफू छक्क परेको गायक श्रेष्ठले बताए । ‘नदियालाई म पहिलेदेखि नै चिन्थें, उनीसंग हाम्रो पारिवारिक सम्बन्ध पनि छ,’ उनले भने, ‘पछिल्लो समय उनको साहित्यिक क्षमता देखेर म त अचम्ममा नै परेको छु ।’

साहित्यकार नदिया लिवाङ्गले भने आफ्नो रचना दीपलाई सुरुमा दिन अप्ठ्यारो लागेको बताइन् । ‘दाइले मलाई बच्चादेखि चिनेको, बच्चा नै सोच्नु होला भन्ने लागेको थियो,’ लिवाङ्गले हाँस्दै भनिन, ‘मेरो गीत देखेर उहाँले तिति राम्रो लेख्न थालेछौ भन्दा म त खुशीले गद्गद् भए ।’

यसअघि ‘चित्कार’ भन्ने कवितालाई भिडियो मार्फत प्रस्तुत गरेकी लिवाङ्गले गत वर्ष अमेरिकामै पहिलो पटक न्यूयोर्कको अफ ब्रड वे मा मञ्चन भएको नाटक ‘जोडियोस् भत्किएका मनहरु’ मा अभिनय समेत गरेकी थिइन् ।

‘त्यो पल’ भन्ने गीतलाई पछिल्लो समय न्यूयोर्कमै रहेका पत्रकार अनुज थापाले छायाङ्कन र निर्देशन गरेका हुन् भने सम्पादन नेपालमा रहेका टेकेन्ı शाहले गरेका छन् ।

गीतको भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment