Comments Add Comment

एनआरएनए जर्मनीको अधिबेशन १५ अगस्टमा हुने

 

 

१९ जुलाई, जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको अधिबेशन आगामी १५ अगस्टमा हुने भएको छ ।

१७ जुलाईमा बसेको बैठकले अधिबेशन आगामी १५ अगस्टमा गर्ने निर्णय गरेको हो । बैठकले अधिबेशन सफल बनाउनका लागि जर्मन निवासी नेपालीहरुलाई आव्हान समेत गरेको छ ।

बैठकमा अधिबेशनको तयारी सम्बन्धमा अहिलेसम्म भएको अधिबेशनको तयारीको बारेमा पनि जानकारी गराइएको थियो भने युरोपियन क्षेत्रीय भेलाको तयारीको रिपोर्टिङ गरिएको थियो ।

बैठकले १५ अगस्टसम्म सदस्यता दर्ता तथा नविकरण गराउन सूचित गरेको छ । १५ अगस्टसम्म सदस्यता दर्ता तथा नविकरण नगरे मतदाता नामावलीमा नाम दर्ता नहु्रने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment