Comments Add Comment

राप्रपा बैठकमा चन्द आए, राणा अनुपस्थित

४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैडकमा राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा अनुपस्थित भएका छन् ।

राप्रपाको बैठक बुधबार सुरु भएको छ । बैठकमा कार्यसम्पादन समितिको बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने उपस्थित भएका छन् । तर, राणा अहिलेसम्म नआएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

मंगलबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा राणासँगै चन्दसहितका नेताहरु अनुपस्थित भएका थिए ।

पार्टी अध्यक्ष कमल थापाले एकलौटी रुपमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै राणा समूह असन्तुष्ट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment