Comments Add Comment

‘मोडल हन्ट नेपाल’का लागि ७० जनाको प्रतिस्पर्धा


‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० प्रतियोगीलाई छानिएको छ । काठमाण्डौमा आयोजना भएको पहिलो र दोश्रो चरणको प्रतियोगीताबाट ७० प्रतियोगी छानिएका हुन् ।

बिगत ३ बर्षदेखि नियमित रुपका यो प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रारम्भिक चरणको अडिशनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम प्रतिस्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् ।

प्रतियोगीलाई व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

प्रतियोगीताको बिजेताले नगद रु १ लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

नेपालमा पछिल्ला केही बर्षयता विभिन्न नाम दिएर यस्ता खालका प्रतियोगीता त आयोजना भएका छन् । तर, यस्ता आयोजनाहरुको औचित्यमाथि भने पछिल्लो समयमा प्रश्न उठ्न थालेको छ । सौन्दर्य प्रतियोगीताको नाममा बर्गेल्ती मात्रामा कार्यक्रम आयोजना हुँदा गुणस्तरियता पनि कमी आएको टिप्पणी हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment